जापानले सन् २०२४ को पहिलो ६ महिनामा कीर्तिमानी सङ्ख्यामा पर्यटक भित्र्यायो

जापानले सन् २०२४ को पहिलो ६ महिनामा कीर्तिमानी सङ्ख्यामा पर्यटक भित्र्यायो image

जापान । जापानले सन् २०२४ को पहिलो ६ कीर्तिमानी सङ्ख्यामा विदेशी पर्यटक भित्र्याएको छ । जापानको राष्ट्रिय पर्यटन सङ्गठनले यो वर्षको ६ महिनामा एक करोड ७७ लाख ८० हजार जना पर्यटक आएका र यो सङ्ख्या कोरोना महामारीअघिको यही अवधिको तुलनामा १० लाखभन्दा बढी भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१९ को जनवरीदेखि जुन महिनासम्मको ६ महिनामा जापानले एक करोड ६६ लाख ३० हजार जना पर्यटकलाई स्वागत गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कमजोर येनले अहिले जापानमा ठूलो भीडलाई आकर्षित गरिरहेको छ । पर्यटकलाई जापानी परम्परागत कपडा किमोनोस, खानालगायतले आकर्षित गरिरहेको खबरमा उल्लेख छ ।  अहिले क्योटो र माउन्ट फुजीजस्ता पर्यटनस्थलमा भीडभाड बढेको छ ।

यसैबीच जापानी प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रिपरिषद् बैठकमा पर्यटकलाई ग्रामीण क्षेत्रतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए ।जापानले सन् २०२४ मा तीन करोड ५० लाख जना विदेशी पर्यटक भित्र्याउने अपेक्षा गरेको छ । कोरोना महामारीका बेला सीमामा लगाइएको कडा प्रतिबन्ध हटेपछि सन् २०२३ मा दुई करोड ५० लाख जना पर्यटक जापान आएका थिए । एजेन्सी

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.