भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

जित्नै पर्ने दवावकासाथ राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदै

जित्नै पर्ने दवावकासाथ राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदै

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदैछ । असोज ६ गतेबाट सुरु हुने १९औँ एसियाली खेलकुदको तयारी स्वरुप नेपालले जुलाई १३ र १६ मा बङ्गलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा भइसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल टोलीको हिजो नै बिदाइ गरेको छ ।

नेपाली टोली
गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

रक्षकः अमृता जैसी, गिता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, अञ्चली वाइबा , समिक्षा घिमिरे

मिडफिल्डरः रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्डः सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अनिता केसी, अमिषा कार्की, रेखा पौडेल रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.