पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीमा आइतबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र र १२ जना घाइते भएका छन् । दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएको रैनादेवी पाल्पा प्रहरीले जनाएको छ ।
रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप अत्यधीक लोड भएकाले अनियन्त्रित भएर ७० मिटर तल खसेको जनाएको छ । मृतकहरूको शव पनि पोष्टमर्टमको लागि बुटवल पठाएको छ भने मृतकको पहिचान खुलन सकेको छैन् ।
घाइतेहरूलाई बुटवल तर्फ पठाएको छ भने स्थानीय, इलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले घाइतेको उद्धार गरेको हो ।
