DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

टेण्डरको बिषय लिएर आठबीसमा झडप हुदा एकजना घाइते, टेण्डर स्थगित

टेण्डरको बिषय लिएर आठबीसमा झडप हुदा एकजना घाइते, टेण्डर स्थगित image

४ असार २०७७ राकमकर्णाली । आठबीस नगरपालिका दैलेखमा टेण्डरको विषयमा झडप हुदा एक जना घाइते भएका छन् । बिहीबार स्वास्थ्यको भवन बनाउन टेण्डर दर्ता गर्ने बेलामा झडप भएको हो । झडपमा एक जनाको टाउकोमा गहिरो चोट लागेको नगरपालिकाले जनाएको छ । स्वास्थ्यको भवन निर्माण गर्न टेण्डर दर्ता गराउन लाग्दा कुटाकुट भएको स्थानीयले बताएका छन् ।

स्वास्थ्य र एफ.एम रेडियोको टेन्डरको दर्ता रहेको र विहान दर्ता नहुदै झडप भएको नगर प्रशासनले जनाएको छ । एक जनाको टाउकोमा चोट लागेको र घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको नगर प्रमुख खड्गराज उपाध्यायले बताए । झडप भएपछि टेण्डर तीन दिनका लागि स्थगित गरेको जानकारी दिए ।

नगरपालिका परिसरमा करिब २०० जना मानिस भेला भएको भएका थिए । उनीहरुले टेन्डर पैसाले मिलाउन खोज्दा झडप भएको र मिलान प्रक्रिया नगरि प्रतिस्प्रधाका आधारमा हुनु पर्ने भन्दै युवाहरुले नाराबाजी गरे । तर नगर प्रमुखले एकाएक झडप भएको र के कारणले झडप भयो भन्ने कुरा आफुलाई थाह नभएको उनले बताए । झडप पछि प्रहरी सो स्थानमा पुगिसकेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.