भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

ट्रेकिङका लागि राम्रो रूट गोसाइँकुण्ड

ट्रेकिङका लागि राम्रो रूट गोसाइँकुण्ड

काठमाडौं । धार्मिक तीर्थस्थल गोसाइँकुण्ड ट्रेकिङका लागि राम्रो रूट भएको पर्यटकहरुले बताएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको गोसाइँकुण्ड ताल समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाइमा छ । रसुवाको यस ताल हिमाली दृश्यले चारैतीर घेरिएकाले पदयात्रा गर्दा छुट्टै रमाइलो हुने पर्यटकको भनाइ छ ।

पहिलो दिन काठमाडौंबाट धुन्चे गई बास बस्न सकिने यहाँ रमाइलो यात्रा हुनछ । दोस्रो दिन धुन्चेबाट पदयात्रा सुरू भएपछि त्यहाँबाट ठूलो चन्दनबारीसम्म जान सकिन्छ । तेस्रो दिन चन्दनबारीबाट करिब ६ घन्टा हिँडेपछि गोसाइँकुण्ड पुगिन्छ । यहाँ पर्यटक रमाउने प्रसस्त पर्या पर्यटनका सम्भावना रहेका छन् ।

चौथो दिन गोसाइँकुण्डबाट ट्रेक गर्दै धुन्चेमा आएर बास बस्ने र पाँचौं दिन काठमाडौं फर्किन सकिन्छ । विशेषगरी गोसाइँकुण्ड पदयात्राले हिमालयको दृश्य, ताल, राष्ट्रिय निकुञ्ज मनोरञ्जन दिन्छ।

लाङटाङ, लिरुङ, गाङछेन्पो, दोक्पु चुचुरो, नया कांगरी, याला चुचुरो, गणेश हिमाल, मनास्लु हिमाल लगायत धेरै चुचुराहरू गोसाइँकुण्ड घुम्दै गर्दा पदयात्रीहरूले हेर्न सकिने भएकाले यतिखेर यहाँ घुम्न जानेको घुइचो लाग्छ ।

 


Thali Mobile Pvt.Ltd.