भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अझै भेटिएनन् मूर्ति विसर्जन गर्दा डुबेर बेपत्ता भएका प्रहरी जवान सन्तकुमार

अझै भेटिएनन् मूर्ति विसर्जन गर्दा डुबेर बेपत्ता भएका प्रहरी जवान सन्तकुमार

रूपन्देही । दुर्गामूर्ति विसर्जन गर्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका कोटहीमाई १ अमरगंजवाका २० वर्षीय सन्तकुमार राजभर अझै अज्ञात छन् । अमरगंजवास्थित दानव र तिनाउ नदीको संगम दुईमुहानमा मंगलबार दिउसो १ बजेतिर तीनजना युवाहरू डुबेका थिए ।

सन्तकुमारसँगै खोलामा डुबेका स्थानीय २४ वर्षीय अजय कुमार नाउ र १८ वर्षीय अजय राजभरको भने मंगलबार दिउसो शव फेला परेको थियो । मृतक अजय राजभर प्रहरी जवान रहेको र दसैंको छुट्टीमा घर आएको बखत उक्त घटना भएको कोटहीमाई १ का वडा अध्यक्ष ब्रह्मदेव यादवले जानकारी दिए।

खोलामा डुबेर बेपत्ता भएका सन्तकुमारलाई मंगलबार रातिसम्म खोजी गर्दा पनि फेला नपरेपछि बुधवार बिहानैदेखि खोजी सुरू गरिएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.