ठाँटीकाध । दैलेखको ठाँटीकाध गाउँपालिका वडा न. २ मा रहेको क्वारेनटाईनमा दश जना रहेका छन् । भारतको मुम्वईबाट आएका १८ वर्षका एक युवक र भारतकै लोहाघाटबाट आएका १७ वर्ष देखि ४० वर्षका गरी १० पुरुष रहेका छन् । क्वारेनटाईनमा उनीहरुको व्यवस्थापन राम्ररी गरिएको गाउँपालिका वडा न.२ का वडा अध्यक्ष रुपलाल वि.कले बताएका छन।
कोरोना भाइरस (कोभिड–१९) को यो महामारी नियन्त्रणका लागि विदेशबाट आएकालाई विशेष निगरानी गरेर राखिएको छ । कोरोना भाईरस मानिसमाहरुमा संक्रमित बढदै गईरहेकोले यसको मध्य नजर गर्दै रोक थामको लागि वडाले क्वारेनटाइनको व्यवस्था गरेको हो ।क्वारेनटाईनमा स्वास्थ्य उपचारको पनि प्रवन्ध मिलाइएको र स्वास्थ्यक्रमीहरुले सेवा दिइरहेका छन ।
कोरोना भाइरसको लक्ष्णहरु देखा नपरेपनि क्वारेनटाइनमा रहेका मानिसको सुविधाको लागि खाना,नास्ता र चिया दिने व्यवस्था मिलाईएको अध्यक्षले बताएका छन । विदेशबाट कुनै व्यक्ति घर आएमा अथवा त्यसको लक्ष्ण देखा परेमा घरमा नराखि सोझै क्वारेनटाइनमा पठाई दिई सहयोग गर्न स्थानियहरु सँग वडाअध्यक्ष रुपलाल विकले ले अनुरोध गरेका छन ।