भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान

ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान

बागलुङ । बागलुङको ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको छ । नेपालको एक मात्र सिकारको केन्द्र ढोरपाटन उपत्यकामा शुक्रबारदेखि प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर वडा नं ९ मा परीक्षण उडान थालिएको नगरपालिकाले जनाएको छ ।

पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले ढोरपाटनमा प्याराग्लाइडिङ परीक्षण उडान गर्न थालिएको नगरउपप्रमुख धनबहादुर कायतले जानकारी दिए । परीक्षण उडानका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु तीन लाख विनियोजन गरेको थियो । उनले ढोरपाटनमा धेरै सम्भावना हुँदाहुँदै पनि पछि परेको भन्दै अब यहाँका सम्भावनाको खोजी र प्रवद्र्धनमा लाग्ने बताए ।

ब्लू स्काई प्याराग्लाइडिङ प्रालि पोखराले परीक्षण उडान थालेको उपप्रमुख कायतको भनाइ छ । परीक्षणपछि प्याराग्लाइडिङ प्रालीले प्रतिवेदन नेपाल नागरिक उड्यन प्राधिकरणलाई बुझाउनेछ । शुक्रबार ढोरपाटनको मसिनधाराबाट उडान गरेर तल्लोचौरमा सफल अवतरण भएको थियो । उपप्रमुख कायत भन्छन्, “नगरपालिकाले नीति तथा कार्यक्रम बनाउने बेलामै प्याराग्लाइडिङ परीक्षण उडान गर्ने भनी बजेट बनाएको थियो, अहिले दुई दिने परीक्षण उडान गर्न लागिएको हो, अहिलेसम्म सफल उडान भएको छ, उडान सफल नै हुन्छ भन्ने लागेको छ, नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर यहाँ नियमित उडान गर्नेछौँ ।”

प्याराग्लाइडिङ नियमति सञ्चालन हुन थाल्यो भने ढोरपाटन क्षेत्रको मुहार बदलिने र यहाँका स्थानीयको जनजीवनमा परिवर्तन आउने उपप्रमुख कायतको भनाइ छ । अहिले ढोरपाटन पुग्ने सडक अप्ठ्यारो हुँदा समस्या भएको भन्दै सालझण्डी–ढोरपाटन सडक आयोजनलाई तत्काल सडक निर्माण गर्न आग्रह गरिरहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.