भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीको कहर: ६०० मेगावाट जलविद्युत प्रभावित, करोडौंको उत्पादन घाटा | सरकारले आठ जटिल रोगको उपचारमा थप एक लाख रुपैयाँ दिने निर्णय, कार्यान्वयनमा चुनौतीहरू के के? | एसईई उत्तीर्ण खेलाडीहरूलाई भक्तपुर नगरपालिकाद्वारा बधाई तथा मार्गदर्शन | सुर्यविनायक नगर अस्पताललाई ५० शैयाको अस्पतालको रूपमा स्वीकृति | “लाली पाउडर लाया जसी ” सार्वजनिक, रोशन टमट्टा र संगीता बडुवालको आवाजमा नयाँ देउडा गीत | बुढानिलकण्ठ–६ मा निःशुल्क दन्त शिविर, १४४ जनाले पाए सेवा | चिकित्सक सङ्घको आन्दोलन स्थगित, अस्पताल सेवा पुनःसञ्चालन | ट्रम्प–नेतान्याहूबीच २४ घण्टामा दोश्रो वार्ता, गाजा युद्धविरामलाई प्राथमिकता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ताथली बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न

ताथली बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न image

भक्तपुर। ताथली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । “नियमित बचत, आकर्षक ब्याजदर, बचत गरौं, बनौं आत्मनिर्भर” भन्ने मुल मन्त्रलाई आत्मासात् गर्दै २०६३ साल माघ २९ गतेका दिन विधिवत रुपमा सहकारी ऐन बमोजिम सहकारी विभागमा दर्ता भएको यस संस्थाले आर्थिक विकासमा टेवा पुर्याउदै आएको सभामा बोल्ने वक्ताहरुले बताएका छन् ।

सदस्यहरुबीचको आपसी सहयोग र सहकार्य अभिबृद्धि गर्दै संस्थाको गतिविधिहरुमा सदस्यहरुको भुमिकालाई महत्वपूर्ण रुपमा लिनुका साथै विविध क्रियाकलापले सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरणका साथै सहकारी अभियानलाई अभिवृद्धि गर्दै आएको उनीहरुको जिकिर छ । संस्थाले शुरुवातीदेखि नै सबैको विश्वास जित्न सकेकाले निरन्तर रुपमा अगाडी बढ्दै आगामी दिनहरुमा अझै सदस्यहरुको चौतर्फी विकास र सहकारी अभियानको सहयात्रामा सामेल भै अगाडी बढ्ने प्रतिबद्धताका साथ सस्थाले तेह्रौ सभा सम्पन्न गरेको हो ।

२५ जना बाट शुरु भएको बचत समुहमा हाल नौ सय ६३ जना शेयर सदस्यहरुको साझा चौतारी बनेको छ ताथली बचत तथा ऋण सहकारी संस्था लिमिटेड । आफ्नो शेयर पूँजी ५१ लाख ८८ हजार ७ सय रुपैयाँ पुर्याएको यस संस्थाकाे बचत तर्फ यस आ‍.व.मा ३ करोड १७ लाख ८७ हजार ७ सय ४८ रुपैयाँ विभिन्न शिर्षकबाट पुग्न गएकाेछ ।

अभियान, सामाजिक दायित्वको सवालमा कहिले पछि नपरेको यस सस्थाले आगामी दिनमा समेत सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकासको लागि निरन्तर कटिबद्ध रहने ताथली बचत तथा ऋण सहकारी सस्थाले ऋणलाई सहज र सरल ढंगले लगानी गर्ने गरेको छ । संस्थाका अध्यक्ष एकबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समुदाय प्रतिको चाँसोलाई सहकारीको सिद्धान्तमा अंगीकार गरि समुदायको हित र विकासका लागि सधै तत्पर रहेकोमा सस्थाका पदाधिकारीलाई धन्यवाद समेत दिए।
नवगठित समिति
सस्थाको तेह्रौ वार्षिक साधारण सभाले पुरानो समिति भंग गरि नयाँ समिति चैन गरेको छ । नवगठित समितिको अध्यक्षमा एक बहादुर खत्री, उपाध्यक्षमा सानुभाई रावत, सचिवमा रमेश पण्डित, कोषाध्यक्षमा श्रीकण्ठ खड्का, सदस्यमा गणेश कार्की, अच्यूत केसी, राधिका खत्री, ध्रुव गिरी, श्यामप्रसाद थपलिया चैन भएका छन् ।

नवगठित समितिले आगामी दिनमा उत्कृष्ट सेवा प्रदान गर्दै आर्थिक तथा सामाजिक विकासमा सक्दो टेवा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । साथै सस्थाको उन्नती र प्रगतीलाई आत्मसाथ गर्ने पनि वचनवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगरप्रमुख शोम मिश्रले राष्ट्रिय विकासको आधार स्तम्भको रुपमा रहेको सहकारी र सहकारीको माध्यमबाट विकास, विस्तार र प्रवद्र्धनको स्थानीय तह देखि राष्ट्रिय तहसम्म उपल्ब्धी हासिल गर्न ताथली बचत तथा ऋण सहकारी सस्था लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरेको बताए ।

संस्थाले सहकारी क्षेत्रमा विशेष योगदान पुर्याउने विशिष्ठ अभियन्ता, जेष्ठ नागरिक र कलाकारहरुलाई दोसल्ला, मायाको चिनो र सम्मानपत्रले सम्मान गरेको पनि गरेको थियो । उल्यख्य सहभागिता रहेको सो कार्यक्रममा जनगायक विनोद विश्वकर्माले विभिन्न गीत संगीतको माध्यमबाट मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा समाचार संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कैलाश खबर डट कमका रक्तिम दैलेखी र चाँगुपत्र मासिकका सम्पादक हरिसुन्दर छुकालगायतलाई सस्थाले सम्मान गरेको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.