भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

तीन दिने शिशुको सफल शल्यक्रिया

तीन दिने शिशुको सफल शल्यक्रिया

काठमाडौं । पाटन अस्पतालमा एक नवजात शिशुको शरीरमा देखिएको ‘फेटिफर्म स्याक्रोकोक्सिजियल टेराटोमा’ नामक ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।

गत १८ वैशाखमा जन्मिएका ती शिशुको कम्मरमुनिको भागमा ट्युमर देखिएपछि तीन दिनपछि २१ वैशाखमा सफल शल्यक्रिया भएको अस्पतालका कन्सल्ट्यान्ट न्युरोसर्जन डा. रूपेशजंग राउतले बताए ।

अस्पतालको न्युरो सर्जरी विभागका प्रमुख प्राडा प्रकाश विष्टको नेतृत्वमा तीनदिने नवजात शिशुको सफल शल्यक्रिया भएको हो ।

शल्यक्रियामा कन्सल्ट्यान्ट न्युरो सर्जनद्वय डा. राउत र डा. दिनुज श्रेष्ठ, प्लास्टिक सर्जन डा. प्रयास चन्द, एनेस्थेसियामा डा. मानबहादुर चन्द, डा.अभिशेष र डा. रोशनलगायतको टोली संलग्न रहेको थियो ।

बच्चामा बिरलै देखिने यस्तो खालको ट्युमरको पाटनमा यो पहिलो सफल शल्यक्रिया हो ।

 


Thali Mobile Pvt.Ltd.