भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

प्रतिनिधिसभा बैठकमै अर्धनग्न सांसद ‘अमर्यादित’ हुने छुट किन ?

प्रतिनिधिसभा बैठकमै अर्धनग्न सांसद ‘अमर्यादित’ हुने छुट किन ?

काठमाडौं । सोमबारको प्रतिनिधिसभा बैठकमा संसद भित्रै सांसद अर्धनग्न भएको दृश्य देखियो । भ्रष्टाचारको विषयमा बोल्न नपाएको भन्दै कपडा खोलेर संसदीय मर्यादा उल्लंघन गर्ने सांसद हुन सर्लाही–४ बाट निर्वाचित स्वतन्त्र सांसद अमरेशकुमार सिंह ।

बैठक सुरु हुनेबित्तिकै सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति बैठकको निर्णयअनुसार विशेष र आकस्मिक समय कटौती भएको जानकारी गराए ।

सिंह र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थीको विषयमा ठूला नेताहरूको मिलेमतो के हो भनेर आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखे ।

सभामुखले समय नदिएपछि उठेर विरोध जनाए । सभामुख घिमिरेले बैठकको कारबाही अघि बढाउन थालेपछि सिंहले कोट, सर्ट र गन्जी खोलेर विरोधमा उत्रिए ।

सिंहले लुगा खोलेर ‘अमर्यादित हर्कत’ गरेपछि कांग्रेस, एमाले, रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । अर्धनग्न अवस्थामै बोल्न पाउनुपर्ने अडान सिंहको कायमै थियो ।

संसद्मै कपडा खोल्नुले प्रतिनिधिसभा नियमावलीको नियम २१ को ‘घ’ आकर्षित हुने सभामुखले सिंहलाई सम्झाए ।

‘संसद्मा अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने’ व्यवस्था छ ।

नियमावलीको व्यवस्था उल्लंघन गरेको भन्दै सभामुख घिमिरेले अन्यथा कारबाही हुने चेतावनी दिए । बैठक सुरु भएपछि सिंह बाहिरिए ।

संसदीय मर्यादाविपरीत बैठकमा अर्धनग्न हुने अधिकार छ कि छैन ? सर्वत्र चाँसोको विषय बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.