भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

तुलसीपुर कोरोना मेट्रो अस्पतालका लागि सहयोग

तुलसीपुर कोरोना मेट्रो अस्पतालका लागि सहयोग

दाङ । कोरोनाका बिरामीलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रो अस्पतालको व्यवस्थापनका लागि झण्डै रु चार लाख सहयोग प्राप्त भएको छ । वाणिज्य सङ्घका महासचिव विनिल केसीले उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।

वाणिज्य सङ्घले रु एक लाख ५१ हजार, रोटरी क्लब अफ तुलसीपुर सिटीले रु ६२ हजार ३००, रोट्र्याक्ट क्लब अफ तुलसीपुरले रु ६५ हजार ३६०, लायन्स क्लब अफ दाङको तर्फबाट रु ५१ हजार, तुलसीपुर ट्रेक्टर समितिको तर्फबाट रु २५ हजार र तुलसीपुर उद्योग वाणिज्य सङरघका उपाध्यक्ष ललितजङ्ग शाहबाट रु ११ हजार सहयोग गरेको उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष देवबहादुर केसीले जानकारी दिनुभयो ।

त्यस्तै तुलसीपुर–९ निवासी वीरबहादुर डाँगी, गोकर्ण डाँगी, टोपबहादुर डाँगी र भरत डाँगीकी आमा श्रीमती मित्रकुमारी डाँगीको नामबाट अक्सिजन प्लान्ट र तुलसीपुरको कोरोना मेट्रो अस्पतालको व्यवस्थापनका लागि रु ५० हजार सहयोग गर्नुभएको छ । कोभिड विपद कोषका सहजकर्ता तथा समाजसेवी विमल रिजालको पहलमा सो रकम सङ्कलन गरिएको हो । तुलसीपुर उधोग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले विपद्को घडीमा नागरिकको जीवन रक्षाका लागि आम व्यवसायीलाई सहयोगको अपिल गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.