भर्खरै : Sorry, your browser does not support inline SVG.

थप १०१ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १७,४४५ पुग्यो (भिडियाे)

थप १०१ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १७,४४५ पुग्यो (भिडियाे)

२ श्रावण २०७७ काठमाडौं । नेपालमा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । परीक्षणका क्रममा आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ४ सय ४५ जना पुगेको हो । आज २८५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हालसम्म ११ हजार ५ सय ३४ जना उपचारपछि निको भएका छन् । अहिले सम्म ४० जना कोरोनाबाट मृत्यु भएका छन् ।

भिडियाे हेर्न यहाँ थिच्नुस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/692084738004828/

कर्णालीमा थपिए सात जना
कर्णाली प्रदेशमा थप सातजनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र रुकुम चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।दैलेखका पाँच, सल्यान र रुकुम पश्चिमका एक, एक जना रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

यो सहित कणार्ली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७३३ पुगेको छ भने शुक्रबार पाँचजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ४९३ पुगेको छ । मन्त्रालयका अनुसार २३४ जना आइसोलेसनमा छन । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लागत विवरण
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका १, कोशी अस्पताल प्रयोगशालामा झापाका १ र मोरङका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ जनामा कोरोना पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८, नारायणी अस्पताल वीरगञ्जमा बाराका १, पर्साका २, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुर र नुवाकोटका २, २ जनामा कोरोना भेटिएको छ ।

किटजन्य रोग नियन्त्रण तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा बाराका २, मकवानपुरका १ र नवलपरासी पूर्वका ३, रौतहटका ८ र सिन्धुलीका १ जनामा कोरोना पाइएको छ । त्रिवि शिक्षण अस्पतालमा काठमाडौं र पाल्पाका १र१, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लमजुङका २२, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका ७, भेरी अस्पताल नेपालगञ्जमा बर्दियाका १०, दाङका ५ र रोल्पाका १३ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका १, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा सल्यान र रुकुम पश्चिमका १,१, डडेल्धुरा अस्पतालमा डडेल्धुरा, बझाङ र डोटीका १,१ जनामा कोरोना पुष्टि भएको छ । मुलुकभर हाल ५ हजार ८ सय ७१ जना अस्पतालको आईसोलेसन र २२ हजार ७ सय ५६ जना क्वारेन्टाइनमा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.