काठमाडौं । नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४२ हजार ८७७ जना पुगेको छ।
बिहीबार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएका छन्। देशभर ७७४२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २४ हजार २०७ उपचारपछि निको भएका छन्।
भिडियो…
https://www.facebook.com/Kailashkhabarnews/videos/635414944063873/
६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २५७
बिहीबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ५७ पुगेको छ। ५ वटा जिल्लाका ४ महिला र २ पुरुष गरी ६ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
रुपन्देहीमा मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीमा ७७ वर्षीया महिला र ६५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। चितवनमा ४०, भक्तपुरमा ४०, तनहुँमा ९२ वर्षीया महिला र सिन्धुपाल्चोकमा ७७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
उपत्यकामा ४४५ जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा ४४५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ३८ पुगेको छ । काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। काठमाडौंमा ५ हजार ६ सय २२ ललितपुरका ८१८ २ र भक्तपुरमा ५९८ संक्रमित पुगेका छन्।

