थप १ हजार ३२५ नयाँ संक्रमित, संक्रमितको संख्या ६४ हजार नाघ्यो

थप १ हजार ३२५ नयाँ संक्रमित, संक्रमितको संख्या ६४ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमार्फत संक्रमित १० जनाले ज्यान गुमाएको जानकारी दिइयो ।

योसँगै नेपालमा संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । अहिलेसम्म ४११ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ९६६ जनाले कोरोना जितेका छन् ।

 


Thali Mobile Pvt.Ltd.