भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

थ्रेसहोल्ड कटाउने सात दल, नेकपा एस राष्ट्रिय दल बन्नबाट रोकिने निश्चित

थ्रेसहोल्ड कटाउने सात दल, नेकपा एस राष्ट्रिय दल बन्नबाट रोकिने निश्चित

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल नबन्ने निश्चित भएको छ । राष्ट्रिय दल बन्नका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ सदर मतको कम्तीमा ३ प्रतिशत पाउनुपर्छ । तर, प्रत्यक्षमा १० सीट जितेको नेकपा एसले समानुपातिकतर्फ थ्रेसहोल्ड नकटाउने निश्चित भएको हो ।

अहिलेसम्म १ करोड ४ लाख ७८ हजार ७ सय ३५ मतगणना हुँदा एसको खातामा २ लाख ९६ हजार ९० मत छ । मतपरिणाम आए एसको राष्ट्रिय पार्टी बन्ने सपना पूरा हुन कठिन देखिएको छ । जारी मतगणनाअनुसार अहिलेसम्म एमाले एमाले २८ लाख १४ हजार ६ सय ५५ मत पाएर पहिलो स्थानमा यथावत छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ८८ हजार २ सय १८ तथा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १ सय २ मत पाएको छ ।

११ लाख २४ हजार ७ सय ७८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौंथो स्थानमा रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार ८ सय १६ मतका साथ पाँचौँ स्थानमा छ ।
जनता समाजवादी पार्टी, नेपालले ४ लाख २० हजार ९ सय ५४ तथा जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय ३८ मत पाएर थ्रेसहोल्ड कटाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६ सय ७४ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार २ सय ९० मत पाएको छ ।

 


Thali Mobile Pvt.Ltd.