भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

‘दादागीरी शैलीमा भारतीय प्रहरी दैलेखमा’

‘दादागीरी शैलीमा भारतीय प्रहरी दैलेखमा’

दैलेख । दादागीरी शैलीमा भारतीय प्रहरी पोशाकसहित दैलेख पुगेका छन् । सोमबार साँझ दैलेख पुगेका उनीहरु पोशाकसहित खुलेयाम डुलिरहेको भेटेपछि स्थानीयले बिरोध गरेका छन् ।

भारतीय प्रहरी खुलेआम घुमीरहेको तर स्थानीय प्रशासन र प्रहरीलाई कुनै अतोपतो छैन । जानकारी नै नदिइ दैलेख आएका उनीहरुको यो दादागीरि हो भनेर स्थानीयले भनेका छन् । स्थानीयको विरोध पछि मंगलवार बिहान मात्रै जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रहरीलाई जानकारी गराएका थिए।

varatia policeभारत हरियाणा प्रदेशको यमुनानगर जिल्लाबाट खटिएका उनीहरु सई विजय विवेकको नेतृत्वमा ४ जनाको टोली दैलेख पुगेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले बताए ।

भारतमा काम गर्दै आएका एक युवकले झण्डै ५० लाख रुपैयाँ चोरी गरी फरार भएपछि खोजी गर्न दैलेख पुगेको भारतीय प्रहरीले दैलेख प्रहरीलाई जानकारी आचार्यले बताए । दैलेख प्रहरीको छलफल पछि उनीहरु सादा पोशाकमा हिँड्न थालेको उनको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.