भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

देशको इज्जत बेच्ने ३० जनाविरुद्ध ५ वटा अभियोगमा मुद्दा दर्ता

देशको इज्जत बेच्ने ३० जनाविरुद्ध ५ वटा अभियोगमा मुद्दा दर्ता

काठमाडौं । देशको इज्जत बेच्ने ३० जनाविरुद्ध ५ वटा अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले बुधबार हाइप्रोफाइल नेतासहित ३० जना विरुद्ध ५ वटा अभियोगमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयले भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल नेतादेखि सरकारी कर्मचारी लगायत ३० जनाविरुद्ध ५ वटा अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्व गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शम्शेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालिन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरीलाई काठमाडौंको विभिन्न हिरासतमा रािखएको छ ।

ठगी, राज्यविरुद्धको कसुर, संगठित अपराध, लिखत कीर्ते र एकीकृत कसुरमा दर्ता भएको अभियोग अदालतबाट पुष्टि भएमा साढे १० वर्ष सजाय हुने छ । अभियोपत्रमा भने कुल २४ वर्ष कैद सजायको माग गरिएको छ । जिल्ला अदालतमा मुद्दा दर्ता भएका ३० प्रतिवादीमध्ये १६ जना मात्र प्रहरी हिरासतमा छन् भने १४ जना अझै फरार छन् ।

 


Thali Mobile Pvt.Ltd.