भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

नक्सा सच्याउन चीनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आग्रह

नक्सा सच्याउन चीनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आग्रह

काठमाडौं । हालै जारी गरिएको राजनीतिक नक्सा सच्याउन चीन सरकारलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आग्रह गरेको छ । नेपालको भूभाग भारतमा देखाइएको भन्दै सो पार्टीले चीनसमक्ष यस्तो आग्रह गरेको हो ।

विज्ञप्तिमा उल्लेख छ, ‘चीन सरकारले प्रकाशित गरेको राजनीतिक नक्सामा नेपालको उक्त भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालमा नसमेटिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

यो स्थितिमा हाम्रो पार्टी चीन सरकारलाई उक्त नक्सा सच्याई नेपालको सार्वभौमिकता तथा भौगोलिक अखण्डताको सम्मान गर्न हार्दिक अनुरोध गर्दछु ।’

नेपालले राजनीतिक नक्सा जारी गरिसकेपछि संयुक्त राष्ट्रसङ्घ लगायत सम्बन्धित देशहरूमा कूटनीतिक माध्यमबाट नेपाल सरकारले त्यसको जानकारी नदिएको हुनसक्ने तर्फ पनि सो पार्टीले आशङ्का व्यक्त गरेको छ ।

वास्तविक नक्सा जारी गरेको देखाएर नेपाली जनताका सामु देशभक्त भएको बहाना गर्ने र त्यसको आधिकारिक जानकारी नदिएर भारतीय शासक वर्गलाई नचिढ्याउने तत्कालीन ओली सरकारको घोर राष्ट्रघाती र जनतालाई गुमराहमा पार्ने काम हो भन्दै

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी यसको तीव्र विरोध गर्दछ र कूटनीतिक माध्यममार्फत राष्ट्रसङ्घ सहित सम्बन्धित सबै देशहरूलाई नयाँ नक्सा सम्बन्धी निर्णयको जानकारी दिन र त्यसको कार्यान्वयन गराउन वर्तमान नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.