नामिबियाविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपालले

नामिबियाविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपालले

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र नामिबियाबीचको खेल सुरु भएको छ ।

त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले टस जितेर बलिङ गर्न लागेको हो ।

हिजो नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो।

लिग–२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ ।

सुरुवाती दुई खेलमा नेपालले विजय प्राप्त गरेको छ।

 


Thali Mobile Pvt.Ltd.