आज महाशिवरात्रि, भोलेनाथलाई खुसी बनाउन पशुपतिमा भत्तजनको भिड

आज महाशिवरात्रि, भोलेनाथलाई खुसी बनाउन पशुपतिमा भत्तजनको भिड image

काठमाडौं । आज महाशिवरात्रि पर्व । विश्वभरका हिन्दू धर्मावलम्बीले भगवान शिवको पूजा आरधना गरी मनाउँदै छन् । फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिका दिन शिवमन्दिर र शिवालयहरुमा श्रद्धालुको भीड लागेको छ ।

शिवरात्रिमा श्रद्धालुहरु दिउँसो व्रत बसी रातभर जागा रहेर रुद्राभिषेक गरी भगवान शिवको आराधना गर्ने, भजन गाउने चलन अनुसार लागिपरेका छन् । सृष्टिको प्रारम्भमा आजको दिन मध्यरात भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएको धार्मिक मान्यता रहेको छ ।

प्रलयको बेलामा यसै दिन भगवान शिवले ताण्डव नाच्दै ब्रम्हाण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेको मान्यता रहँदै आएको छ ।

त्यसैले यसलाई महाशिवरात्रि वा कालरात्रि पनि भनिन्छ । भगवान शिव विष्णुको तेजबाट उत्पन्न भएका कारण सधैँ योग मुद्रामा नै रहने गरेको विष्णु पुरानमा उल्लेख छ ।

महाशिवरात्रिको सुरुवात फाल्गुन कृष्ण चतुर्दशीको महानिशामा आदिदेव महादेव कोटि सूर्यको समान दीप्तिसम्पन्न भई शिवलिङ्गको रूपमा आविर्भूत भएको उल्लेख छ ।

शिवरात्रिको व्रतमा त्यही महानिशाव्यापिनी चतुर्दशीको ग्रहण गर्नुपर्छ भनी बताइएको छ । शिवलिङ्ग रूपमा पृथ्वीमा पहिलो पटक आभिर्भूत भएको दिनलाई शास्त्रहरूले महाशिवरात्रिको रूपमा ग्रहण गरेको पाइन्छ ।

यो दिन भगवान् शिवको पुजा आरधना गरे मात्र पनि जीवनमा सधै सुख प्राप्ती हुन्छ भन्ने मान्यता रहेको छ । भगवान भोलेनाथलाई खुसी बनाउने खास दिनका रुपमा पनि यस दिनलाई लिने गरीन्छ । भगवान भोलेनाथ केबल एक लोटा शुद्ध जल र बेल पत्रले मात्र प्रशन्न हुने गर्दछन् ।

महाशिवरात्रिको दिन पशुपतिनाथको मन्दिरमा षोडशोपचारसहित भव्यरूपले पूजाअर्चना हुन्छ ।

साथै रात्रिको प्रथम प्रहरमा दूधद्वारा ईशान मुहारको, द्वितीय प्रहरमा दहीद्वारा अघोर मूर्तिको, तेस्रो प्रहरमा घ्यूद्वारा वामदेव मुहारको तथा चौथो प्रहरमा सद्योजात मुहारको स्नान गरिने प्रचलन छ ।

पशुपतिनाथको दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरूको बिहान सबेरै देखि भीड लागेको छ ।

वैरागी, उदासी, सन्न्यासी, नागाबाबा आदि विभिन्न सम्प्रदायका साधु–सन्त, योगी, भेषधारी जोगीहरू पनि महाशिवरात्रिका लागि टाढाटाढाबाट आइपुगेका छन् ।

व्रत बस्ने तरिका

– सबैरै उठेर पवित्र गंगाजलले स्नान गर्दा अत्याधिक लाभ मिल्ने विश्वास छ

– पञ्चामृतले शिवलिंगलाई स्नान गराउने

– तामाको लोटाले ८ पटक जल चढाउने

– दिन र रातमा दीपक जलाउने

– चन्दनको चिलक लगाउने

– भाग, धतुरो, बेलपत्र, तुलसी, जाइफल आदी चढाउने

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda