काठमाडौं । नेपालमा आयात घटाउन र निर्यात बढाउन दीर्घकालीन आवश्यक रहेको बारे बहस सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको भातृसंस्था युथ चेम्बरले राजधानीमा मङ्गलबार आयोजना गरेको कार्यक्रममा आयात घटाउन र निर्यात बढाउन दीर्घकालीन नीति जरुरी रहेको सरोकारवालाले बताएका हुन ।
आयात घटाउँदै जाने र निर्यात प्रवद्र्धन गर्ने गरी अल्पकालीन र दीर्घकालीन नीति बनाएर अगाडि बढ्न कार्यक्रममा सहभागिहरुले सुझाव दिएका थिए । व्यापार घाटा कम गर्न तथा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न सरकारले केही वस्तुको आयात रोकेको जनाइएको छ ।
