भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना दर्ता

प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना दर्ता

काठमाडौं । नेपालमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना दर्ता भएका छन् । २०७८ वैशाख २१ देखि २०७९ वैशाख १२ गतेसम्मको अवधिमा ती घटना दर्ता भएका हुन् । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन’ मा तथ्याङ्क प्रस्तुत गरिएको हो ।

यस वर्ष प्रेस स्वतन्त्रता हननका घटनाहरुको संख्यामा वृद्धि भएको छ । गतवर्ष यसै अवधिमा जम्मा ४५ वटा घटना रेकर्ड भएका थिए । दर्ता भएका ७५ वटा घटनामा २८१ पत्रकार तथा सञ्चार गृहहरु प्रभावित भएको महासंघले जनाएको छ ।

सबैभन्दा बढी घटना बागमती प्रदेशमा देखिएको छ । २८ वर्षपश्चात पनि धेरै जसो सञ्चारगृहहरूलाई श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण कार्यान्वयन गरेका छैनन् जसका कारण पत्रकारहरूले न्यून पारिश्रमिक पाउने, समयमा पारिश्रमिक नपाउने,

अनायासै निष्कासनमा पर्ने, नियुक्तिपत्र नै नपाउने जस्ता समस्याहरू अझै पनि यथावत् छन्,’ प्रतिवेदनमा भनिएको छ । एक वर्षमा नेपालमा पत्रकार हत्या तथा बेपत्ताका घटना नभएका प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तर पत्रकार गिरफ्तारका तीन वटा घटना भएको जनाइएको छ । स्वतन्त्र पत्रकारितामा अवरोध तथा कब्जाका ९ वटा घटना भएका छन् । पत्रकारमाथि आक्रमणको १, दुर्व्यवहार तथा धम्कीका २८ वटा घटना भएका छन् भने पेशागत असुरक्षाका ३१ घटना दर्ता भएका छन् ।

महासंघ प्रेस स्वतन्त्रता अनुगमन इकाईको रेकर्डका अनुसार बागमती प्रदेशमा ५४ वटा यस्ता घटना भएका थिए भने सुदूरपश्चिम प्रदेशमा कुनै पनि घटना रेकर्ड गरिएन । त्यसैगरी प्रदेश नं १ मा ६, मधेश प्रदेशमा ६, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा २ र कर्णाली प्रदेशमा ५ वटा घटना भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.