२४ असार २०७७ काठमाडौं । विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आजको छलफल सम्पन्न भएको छ । २ घण्टा छलफलपछि बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रचण्ड बाहिरिए तर सहमतिबारे केही बोलेनन् ।
स्थायी कमिटीका बहुमत सदस्यले ओलीको राजीनालाई झन पेचिलो बनाएका छन् भने ओली पक्षले सडकमा समर्थन जुटाईरहेका छन् । नेकपाभित्रको विवाद समाधानको सट्टा झन झन चुलिदै गएको छ । प्रचण्डले केहि नबोलेर हिडेपछि सोझै अनुमान गर्न सकिन्छ कि विवाद अझै साम्यहुन मुस्किल छ । विवादै विवादका बीच आजको बैठक पनि असार २६ गतेसम्म सारिएको छ ।
दुई अध्यक्ष पटक पटक छलफलमा व्यस्त भएपनि सहमति जुटाउन नसक्नुले पार्टीभित्र नेतृत्वको खेलबारे कार्यकर्ता जानकार हुन थालेका छन् । कार्यकर्ताले मिलन बिन्दु पैल्याउन जोड दिएका छन् तर अध्यक्षद्धय ओली र प्रचण्ड आ आफ्नो अडानमा छन् । प्रचण्ड पक्ष राजीनामा दिलाएरै छाड्नेमा छन् भने ओलीले दुबै पद नछाड्ने अडानमा झन कसिलो बनेका छन् ।
