१८ जेठ २०७७ काठमाडौं । सरकारले जारी गरेको नयाँ नक्सालाई आधिकारिकता दिन संघीय संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ पेश गरेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गरेकी हुन् ।
विधेयक पेश गर्न मागिएको अनुमतिमा विरोधको कुनै सूचना नपरेपछि सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधान २०७७ पेश गर्न अनुमति दिएको घोषणा गरे । नेपाल सरकारले हालै अद्यावधिक गरेको राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको निशान छापमा रहेको नक्सालाई नेपालको वास्तविक नक्सामा समावेश गर्न विधेयक पेश गरेकी हुन् ।
भिडियो….
https://www.facebook.com/Kailashkhabarnews/videos/2730076490614258/
https://www.facebook.com/Kailashkhabarnews/videos/181777156508904/
‘नेपालको संविधानको धारा ९ को उपधारा २ मा नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा नेपालको वास्तविक नक्सा अनुरुपको प्रकाशित गरेको हुनाले नेपालको संविधानको अनुसूची ३ को निशान छाप भित्र अकिंत नेपालको नक्सालाई नेपालको वास्तविक नक्सा अनुरुप मिलायन आवश्यक भएकोले संसोधन विद्येयक संसद समक्ष पेश गर्दछु’ कानुन मन्त्री तुम्बाहाङफेले भनिन।
भारतले अतिक्रमणम गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न कांग्रेसले शनिबार संसदीय दललाई निर्देशन दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...