१७ असार २०७७ भक्तपुर । भुकम्पले क्षेती पु¥याएको नेपालकै अग्लो र विश्व प्रसिद्ध ङातापोल मन्दिरको जीर्णोद्धार भैरहेकै बेला नेमकिपाका अध्यक्ष रोहितले अवलोकन गरेका छन् । पुर्खाले सिर्जेको सम्पती हाम्रो कला र सस्कृति भन्दै जीर्णोद्धार गरिरहेका नगरवासीले अध्यक्ष रोहितलाई अवलोकनमा आएको देखेर भव्य स्वागत गरेका छन् ।
प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारमा नगरवासीको स्वतःस्फूर्त जनश्रमदानको बुधबार स्थलगत अवलोकन गर्न पुगेका अध्यक्ष बिजुक्छेँलाई देख्दा श्रममा जुटेका झण्डै ६०–७० वर्षिय महिला पुरुष हर्षित भएका थिए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नगरपालिकाका सबै जनप्रतिनिधि, स्थानीय विभिन्न समूह र नगरबासीहरू स्वतः जनश्रमदानमा जुटेका थिए । नगरप्रमुखलगायत जनप्रितिनिधिले काम गरेकाे देख्दा स्थानीयले जनप्रितिनिधि हाेस त यस्ता हाेस भन्दै स्यावासी दिएका थिए ।
कोरोना भाइरसको महामारीमा भौतिक दुरी कायम गरी जनसहभागितामार्फत भइरहेको जीर्णोद्धार कार्य देख्दा अध्यक्ष रोहित खुसी देखिन्थ्ये । अवलोकन कै क्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले स्वतःस्फुर्त मन्दिर जीर्णोद्धार कार्यमा नगरवासीको सहयोगको प्रसंसा गरे ।
भक्तपुर नगरपालिकाभित्र रहेका सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका सम्पदाहरुको पुनःनिर्माण तथा जीर्णोद्धार कार्यमा भक्तपुर नगरवासीको जनश्रमदान अचाक्ली छ । ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा जनश्रमदान गर्न भक्तपुरका जनता उत्साहित भएका छन् ।
नगरपालिकाको बजेट, स्थानीय जनश्रमदान, विभिन्न संघ–संस्था र व्यक्तिबाट प्राप्त आर्थिक सहयोगबाट, उपभोक्ता समितिमार्फत मन्दिर जीर्णोद्धार भइरहेको छ भने ङातापोल मन्दिर जीर्णोद्धार अन्तिम चरणमा पुगेकाले जनश्रमदानमा स्थानीयको उल्यख्य सहभागिता रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...