भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बाढीले दैलेखकाे सातालामा ठूलो क्षति

बाढीले दैलेखकाे सातालामा ठूलो क्षति

१७ असार २०७७ साताला । आठबीस नगरपालिका वडा न. १ सात्तला दैलेखको चिनेज्यूँला फाँटमा आएको बाढीले ठूलो क्षेती पुगेको छ । उर्वर खेतलाइए बगरमा परिणत गरेको छ भने सात घरमा क्षेति पुग्दा स्थानीय पीडित बनेका छन् । धान उत्पादनका लागि प्रख्यात खेतमा चिनेखोलामा आएको बाढीले बगर बनाई दिएको छ ।

आइतबार रातीदेखि परेको अविरल वर्षातका कारण आएको बाढीले खेत कटान गरेपछि सयौं बिगाहाको खेती बगाएको किसानले बताएका छन् । उक्त क्षेत्रमा धेरै किसानले रोपाइँ सकाइसकेको झुजका स्थानीय रिर्पोटर कासिराम विकले बताए । बर्षभरी पुग्ने चामल उत्पादन हुने खेत बाढीले बगाएपछि अब भोकमरीले सताउने किसानले दुखेसो पोखेका छन् ।

बाढीले धान खेत बगर बनाएपछि गुजारा कसरी चलाउने भन्ने चटारोले सताएका किसानको क्षेती कति ग¥यो भनेर वडाका जनप्रतिनिधि पर्बसिह विकले निरीक्षण गरेको उनले जानकारी दिए । स्थानीय प्रशासन भने टाढा भएका कारण आउन नसकेको उनको भनाई छ ।

झुझ हुँदै ठाटीकाँध गाउँपालिकाको केन्द्र जोड्ने कच्ची सडक र मध्यपहाडी राजमार्गबाटसडकको भेल समेत सोहि खेतमा गएको हुदा खोली बजारका ७ वटा घरहरु पूर्ण रुपमा क्षति भएको विकले जानकारी दिए । गुजारा गर्नकालागि त्यहँ केही पसल रहेको भन्दै ती पसलका सामान पनि बगाएको कासिरामको भनाई छ ।

बाढीले ३० लाखको लागतमा निर्माणाधिन तटबन्ध बगाएको वडा नं १ का वडाध्यक्ष पर्वसिह विश्वकर्माले बताए । जिल्ला कृषि विकास कार्यालयद्धारा निर्माणाधिन अवस्थामा रहेको ७५ लाखको सिंचाइ कुलोमा समेत बाढीले क्षेती पुगाएको छ ।

 


Thali Mobile Pvt.Ltd.