५ जेठ २०७७, काठमाडौं । छिमेकि राष्ट्र भारत र नेपालबीच सीमा विवाद भइरहेको वेला सरकारले नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिसद् बैठकले लिम्पियाधुरा समेटेर तयार पारिएको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जनाकारी दिए । । उनले आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्ने जानकारी दिए ।
नेपालको भूमि लिम्पियाधुरा समेटेर भूमी व्यवस्था मन्त्रालयले नक्सा तयार पारेको हो । उक्त नक्सा मन्त्रिपरिषद्को बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले प्रस्ताव गर्नुभएको थियो । उक्त नक्सा नेपालको आधिकारीक भएको भन्दै मन्त्रिपरिषदले बैठकले पारित गरेको हो ।
नेपालले बारम्बार भारत सरकारसंग वार्तामार्फ समस्या समाधान गर्न खोजेपनि भारत सरकारले कुनै वास्ता नगरी पछिल्लो समय नेपालको भुभागमा सडक निर्माण गरी उद्घाटन गरेपछि नेपाल सरकार आफ्नो भूभागको नयाँ नक्सा सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...