नेपालको शिक्षा प्रणालीमा कसरी सकारात्मक परिवर्तन ल्याउने ?

नेपालको शिक्षा प्रणालीमा कसरी सकारात्मक परिवर्तन ल्याउने ? image

How to bring a positive change in the education system of Nepal ?

जापानमा होकाइडो नाम गरेको एउटा गाउँ छ । त्यसै गाउँको कियूसिराटाकी नाम गरेको रेलवे स्टेशनबाट एउटा विशेष ट्रेन गुड़ने गर्छ । ट्रेन विशेष भए सवारीहरू पनि विशेष होलान भन्ने लाग्न सक्छ तपाईहरुलाई ।

अनुमान गर्नुहोस त कतिवटा सवारीहरू चढ़छन होला त्यो विशेष ट्रेनमा ? तपाईं आश्चर्यचकित हुनुहुनेछ यो थाहा पाउँदा कि उक्त ट्रेन केवल एक सवारी बोक्न जान्छ । अब तपाईंले सोचिरहनु भएको होला कि ऊ एउटा व्यक्ति कुनै धेरै ठूलो अति विशिष्ट व्यक्ति (VVIP) होला ।

तर होइन, ऊ त एउटा सानी केटी हो जो स्कूलमा पढ़छे । त्यो केटीको घर स्कूलदेखि धेरै टाढा भएकोले त्यसलाई स्कूल पुर्याउन र स्कूलबाट ल्याउनका लागि मात्र त्यो विशेष ट्रेन त्यहाँ गुड़ने गर्छ । यस्तै एउटा उदाहरण अमेरिकाको पनि छ ।

अमेरिकामा एउटा राज्य छ जसलाई “स्टेट अफ़ योमी” भनिन्छ । अमेरिकाले त्यहाँ एक स्कूल बनाएको छ । यस विद्यालयमा विद्यार्थीको संख्या मात्र एक छ । यो विद्यालय एक करोड भन्दा बढ़ी रूपैयाँ खर्च गरेर पहाड माथि निर्माण गरिएको छ र विद्यालयमा सुविधाहरूसँग कुनै सम्झौता गरिएको छैन । सबै सुविधाहरू उपलब्ध छन्, खेल मैदान, लाइब्रेरी सबै एक मात्र विद्यार्थीको लागि ।

अब जापान र अमेरिका जस्ता देशहरू किन विकास न गर्लान र ? हामीहरु पटक पटक अमेरिका र जापानको उदाहरण दिने गर्दछौं तर उनीहरूमा त्यस्तो शक्ति कहाँबाट आउँछ भनेर हामी सोच्दैनौं ? उनिहरुको वास्तविक शक्ति के हो ?

वास्तविक शक्ति हो “शिक्षा”

(Education)

शिक्षा एक मात्र माध्यम हो जसले हामी विश्व परिवर्तन गर्न सक्छौं । अब प्रश्न उठ्छ कि यो हाम्रो देशमा सम्भव छ त ? अवश्य छ । जुन दिन हाम्रो देशको सरकारमा अन्तिम बच्चाको लागि शिक्षाको विचार आउँछ त्यो दिनबाट हाम्रो देशको दशा र दिशा बदलिन थाल्छ ।

त्यसपछि कुनै पनि शक्तिले हाम्रो देशलाई विकासको बाटोमा अगाडि बढ्न रोक्न सक्ने छैन । तर हाम्रो दुर्भाग्य, अहिले सरकारलाई हेर्दा त्यस्तो कुनै अनुहार देखिंदैन जो दूरदर्शिताका साथ एउटा निश्चित उद्देश्य बोकेर (Man with a reason and a vision) देशको सेवामा लागेको होस् र देशमा परिवर्तन ल्याउन सकोस ।

देशको एउटा जिम्मेवार नागरिकको हैसियतले देश विकासका लागि राम्रो सुझाव दिनु हाम्रो नैतिक कर्तव्य हो ।

हाम्रो देशको शिक्षा प्रणाली (Education System)कस्तो हुनु पर्छ ?

यसबारे मलाई लागेका कुराहरु :-

१. “देशभक्ति”(Patriotism):-

देशभक्ति शिक्षा प्रणालीमा पहिलो स्थानमा हुनु पर्छ । हाम्रो देशका प्रत्येक नागरिकहरूमा आत्मसम्मान र देशभक्तिको भावना पैदा गर्नका लागी बाल्यकाल देखि नै त्यसको शिक्षा दिनु पर्ने आवश्यकता हुन्छ । आफ्नो देशलाई माया गर्ने कुनै व्यक्तिले देशप्रति गद्दारी गर्दैन ।

आफ्नो देशलाई माया गर्ने ईन्जिनियरले कहिल्यै खराब पुल बनाउँदैन । आफ्नो देशलाई माया गर्ने अफिसरले कहिल्यै भ्रष्टाचार गर्दैन । जसले देशलाई माया गर्छ उसले फोहोर जथाभाबी न फालेर फोहोरमैलामा फाल्ने गर्छ । बच्चाहरूलाई देशभक्तिको बारेमा शिक्षा दिन आवश्यक छ ।

हामीले ऊनिहरूलाई बताउनु पर्छ “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” को अर्थ के हो ? नैतिक मूल्य र मान्यताहरुको कति महत्व छ जीवनमा ? त्यसैले विद्यालयमा पढने साना साना विद्यार्थीहरुको पाट्ठ्यक्रममा देशभक्ति शिक्षा “अनिवार्य” (Compulsary) हुनुपर्छ ।

२. “मातृभाषा”(Mother Tongue) :-

मातृभाषामा शिक्षा अत्यन्त महत्वपूर्ण कुरा हो । आज हामी जापान र चीनले गरेका विकासका उदाहरण दिने गर्दछौं । उनीहरूको विकासमा उनीहरूको मातृभाषाको महत्त्वपूर्ण योगदान छ । यी देशहरूमा, प्रत्येक बच्चालाई उनीहरूको मातृभाषामा शिक्षा दिइन्छ ।

हामीले हाम्रो देशमा पनि कम्तीमा कक्षा ५ सम्म मातृभाषामा शिक्षा अनिवार्य बनाउनु पर्छ । त्यस पछि हामी बिस्तारै पाठ्यक्रममा अंग्रेजी वा अन्य कुनै भाषा राख्न सक्छौं । किनकि मानिसले आफ्नो सम्वेदनाहरुलाई मातृभाषामा मात्र व्यक्त गर्दछ ।

३. “नैतिक मूल्यहरुको शिक्षा”(Moral Values):-

हामीले व्यक्तिगत र सामाजिक चरित्र निर्माणमा धेरै ध्यान दिन आवश्यक छ । हाम्रो देशमा गौतम बुद्ध जस्ता महात्मा जन्मनु भयो जसले विश्वलाई भलाईको बाटो देखाउनु भयो तर त्यसै देशमा २१औं शताब्दीमा कोरोना महामारीको बेला अत्यावश्यक उत्पादनहरूको खरीदमा भ्रष्टाचारको कुरा उठ्नु हाम्रा लागि लाजमर्दो कुरा हो ।

धिक्कार छ हामीलाई । मुटु भित्र देशभक्तिको भावना न हुनु र जीवनमा नैतिक मूल्यहरुको अभावले गर्दा यसो हुने गर्दछ । हाम्रा सिद्धान्तहरु खोखला छन, हामी भित्र अनुशासन भनिने केहि छैन । हामीले नियमहरू पालना गर्दैनौ । हामी लाइनमा उभिन मन पराउँदैनौं ।

सडकहरू रोक्दै हामी टायरहरू जलाउँछौं । हामी सडक जाम गरेर जुलुस शुरू गर्दछौं । किन ? किनभने हामी भित्र कुनै नैतिक मूल्यहरु नै छैनन । हामीले कहिले पनि समाजको बारेमा सोचेनौं । यो वास्तवमै सोच्ने कुरा हो कि हामी तथाकथित शिक्षित भनाउँदाहरु जहाँ तहाँ फोहोर फाल्छौं र एउटा अशिक्षित व्यक्तिले त्यो फोहोर सफा गर्छ ।

यसको मतलब हाम्रो सम्पूर्ण शिक्षा अर्थहीन छ । तर, म तपाइँलाई आश्वस्त पार्न चाहन्छु कि हाम्रो भावी पुस्ताले फोहोरलाई डस्टबिनमा राख्नेछ किनभने आज तिनीहरूले सिक्दै छन । त्यस्तै प्रकारले यदि हामी आज केटाकेटीहरुलाई नैतिक मूल्यको शिक्षा दिन्छौं भने तिनीहरू भोली गएर पक्कै पनि अनुशासित, स्वाभिमानी र देशभक्त हुनेछन् ।

कानून बनाएर अथवा कानूनको डर देखाउँदै समाज परिवर्तन गर्न सकिदैन । यसका लागि समाजलाई सही शिक्षा दिनुपर्नेछ । नैतिक मानहरूलाई बच्चाहरूको डीएनए सम्म पुर्याउनु पर्ने आवश्यकता छ ।

४. “खेल र कौशल विकासको शिक्षा”(Sports & Skill Development):-

हामीले विद्यालयहरुमा खेल र कौशल विकास सिकाउन धेरै महत्त्वपूर्ण छ । हाम्रो देशमा खेलकुदको शिक्षा नगण्य छ । किनभने शहरमा विद्यालयहरू वाणिज्यिक परिसरहरू (Commercial Complexes) मा सञ्चालन भइरहेका छन जहाँ मैदान जस्तो कुनै चीज छैन भने पहाडी क्षेत्रहरुमा मैदानको विकास हुन सकेको छैन ।

प्रत्येक विद्यालयसँग खेल मैदान अनिवार्य रुपमा हुनुपर्दछ । खेल मैदान न भएको विद्यालयहरूलाई अनुमति नै दिनु हुँदैन । विद्यालयहरूमा नियम बनाउनु पर्छ कि बच्चाले प्रत्येक शुक्रबार (वा अरु कुनै दिन) झोला र पुस्तकहरू ल्याउनु पर्दैन । त्यो पूरा दिन बच्चाहरुलाई समर्पित होस ।

त्यस दिन, बच्चाहरुलाई खेलकुदको लुगा (sports uniform) लगाएर विद्यालय बोलाउने र त्यस दिन बच्चाहरुलाई मन पर्ने कुरा गर्न र सिक्न लाउने । यदि उनी खेल्न मन पराउँछन् भने दिनभरी खेल्ने अवसर दिइनु पर्‍यो । यदि कुनै बच्चाले चित्रकला मन पराउँछन् भने, त्यसलाई भन्नुहोस् आज तिम्रो दिन हो, तिमीलाई जे मन पर्छ बनाउ र यसमा रंग थप ।

कसैलाई नाच्न मन पर्छ, उसलाई दिनभर नाच्न दिनुहोस । यदि कसैले गीत गाउन मन पराउँछ भने, उसलाई त्यो दिन गाउन दिनुहोस । त्यसकारण शुक्रवारको दिनलाई बच्चाहरूको अतिरिक्त गतिविधिहरू (extra activities) का लागि छुट्यायेर राख्नुहोस, जसले गर्दा उनीहरू भित्रका गुणहरू बाहिर आउँन सकुन । यदि यस किसिमको शिक्षा भयो भने मात्र हाम्रो देश विकासको बाटोमा द्रुत गतिमा अगाडि बढ्न सक्छ ।

५. “पाठ्यक्रममा सुधार वा परिवर्तन ”(Improvement or Change in Syllabus):-

हाम्रो पाठ्यक्रममा प्रेरक लेखकहरु जस्तै : डेल कार्नेगी ( Dale Carnegie) स्टीफन कोवे (Stephen Covey) नेपोलियन हिल (Napoleon Hill) एंथनी रॉबिन्स (Anthony Robbins) नोर्मन विन्सेंट पील (Norman Vincent Peale) रॉबर्ट टी कियोसाकी (Robert T Kiyosaki) र शिव खेड़ा (Shiv Khera) जस्ता लेखकहरुका प्रेरणादायक पुस्तकहरुलाई समावेश गर्नुपर्दछ ।

यी लेखकहरुद्वारा लेखिएका पुस्तकहरुले संसार भरिमा हज़ारों लाखोँ व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याई सकेका छन । यसका साथ साथै हरेक विद्यालयमा “भगवत गीता” पनि अवश्य पढाउनु पर्छ । यहाँ धेरैलाई लाग्न सक्छ कि यो त हिन्दुहरूको धार्मिक ग्रन्थ हो ।

होइन, यो हिन्दुहरूको धार्मिक ग्रन्थ होइन । गीता सम्पूर्ण मानवताको धार्मिक ग्रन्थ हो । गीता मानव जातिको संविधान हो । अल्बर्ट आइन्स्टाइन, ओपन हाइमर र अब्दुल कलाम जस्ता महान व्यक्तिहरूले सँधै भगवत गीता आफु सँगै राख्ने गरेका थिए । किनभने संसारमा यस्तो कुनै समस्या छैन, जसको समाधान यस पुस्तकमा न होला ।

अहिले, हामीले धर्मनिरपेक्षताको ढोंग न गरी सम्पूर्ण मानवताको धार्मिक ग्रन्थ सम्झेर यसको अध्ययन गर्नै पर्छ । भविष्यमा, हामीलाई फेरि फर्केर यिनै धार्मिक पुस्तकहरूमा आउनुपर्नेछ तर त्यतिबेला त्यो बाटो युरोपको हुनेछ । आज युरोपका मानिसहरूले भागवद् गीता र रामायण जस्ता ग्रन्थहरुको अध्ययन गरीरहेका छन् । के को लागि ? नैतिक मानहरू (moral values) को लागि ।

कसरी हाम्रो देशको शिक्षा प्रणाली अझ राम्रो, सकारात्मक र सजिलो बनाउन सकिन्छ भन्ने बारे शिक्षकहरूले विद्यार्थीहरु बाट सुझावहरू लिने गर्नु पर्छ । किनभने यदि एक विद्यार्थीलाई शिक्षकले पढ़ाउंदा उबाई (boring) लाग्छ भने यसको मतलब कि त शिक्षक बोरिंग छ वा शिक्षा प्रणाली । यदि शिक्षकले पढाउँदै गरेको बेलामा विद्यार्थीहरु खुशी छन् भने, यसको मतलब शिक्षा प्रणाली पनि राम्रो रहेछ र शिक्षकहरु को पढाउने तरीका पनि चाखलाग्दो रहेछ भन्ने बुझिन्छ ।

अन्य केही कुराहरु

मलाई लाग्छ कि हाम्रो देशको शिक्षा प्रणाली/पाठ्यक्रममा समावेश गरे राम्रो होला :-

(१) विद्यालयहरुमा : बिहानको पहिलो पिरिएड अनिवार्य रुपमा योग (Yoga) वा शारीरिक व्यायाम (Physical Exercise) का लागि तोकिनु पर्छ जसले गर्दा उनीहरू दिनभर आफुलाई ताजा महसुस गर्न सक्छन र पढ़ाईमा मन पनि लाग्छ ।

(२) खेल (sports) र अध्ययन (study) को अनुपात निश्चित गरिनु पर्छ । एकातिर एक सातामा पढ़ाईका २५-३० वटा पीरियड हुन्छन भने अर्को तिर खेल (sports) अथवा शारीरिक व्यायाम (Physical Exercise) का लागि मात्र एउटा पीरियड हुन्छ । यो पूर्णत: गलत प्रणाली हो । जति समय अध्ययन (study) को लागी राखिन्छ त्यति नै खेल (sports) र अतिरिक्त गतिविधिहरु (extra activities)को लागी पनि राखिनु पर्छ ।

(३) जब कुनै विद्यार्थीले राम्रो प्रदर्शन गर्छ भने उसलाई प्रशंसा दिइन्छ, पुरस्कृत गरिन्छ । त्यस्तै गरी एक शिक्षकको पनि प्रशंसा गरिनु पर्छ र पुरस्कृत गरिनु पर्छ । जसरी परीक्षामा विद्यार्थीहरुलाई प्राप्तांक दिइन्छ । त्यस्तै शिक्षकहरूलाई पनि विद्यार्थीहरू द्वारा अंकहरू दिनुपर्दछ ।

यसले शिक्षकहरू माथि अझै राम्रो गर्ने दबाब सिर्जना गर्दछ । जसरी विद्यार्थीहरूमा दबाब हुन्छ र उनीहरूले नम्बर ल्याउँदछन्, त्यस्तै शिक्षकहरू माथि पनि दवाब हुन्छ भने उनीहरूले अझै कसरी राम्रो पढाउने भन्ने बारे सोच्न बाध्य हुने छन ।

हरेक वर्ष एक पटक, यदि सबै भन्दा राम्रो शिक्षक पुरस्कृत हुन्छ भने, अन्य शिक्षकहरूले पनि प्रेरणा पाउनेछन् । शिक्षकहरुले आफ्नो पढाउने शैलीमा सुधार गर्छन, रचनात्मक र सकारात्मक दृष्टिकोण अपनाएर विद्यार्थीहरूलाई पढाउँछन भने विद्यार्थीहरूमा पढ़ाई प्रति रुचि उत्पन्न हुन थाल्छ । शिक्षकहरूलाई पनि विद्यार्थीहरू झैं ग्रेड दीइनु पर्छ । A ग्रेड, B ग्रेड आदि ।

(४) विद्यालयहरुमा ९० प्रतिशत भन्दा बढी थ्योरी (theory) पढ़ाईएको हुन्छ र केवल १० प्रतिशत मात्र व्यावहारिक (practical) हुन्छ । जबकि यो अनुपात कम्तिमा पनि ५० प्रतिशत हुनुपर्दछ । आधा थ्योरी पढाउने र आधा व्यावहारिक ज्ञान दिने ।

(५) हाम्रो पाठ्यक्रम धेरै वर्षदेखि चली आईरहेको छ, र यो उस्तै छ । कुनै परिवर्तन कहिल्यै भए पनि थोरै हुने गर्दछ । एउटै तरीकाले सिकाइएको छ र उही सिकाइएको छ । हाम्रो पाठ्यक्रममा धेरै सामग्रीहरू यस्ता छन जो वास्तविक जीवनमा कहिल्यै काम लाग्ने छैनन ।

हुन त ८० देखि ९० प्रतिशत सम्म सामग्री बेकार छ पाठ्यक्रममा तर यदि यसलाई कम गर्ने हो भने पनि ५० प्रतिशत फेरी पनि बेकार नै रहने छ जसको कुनै काम छैन । फेरि पनि हामी अध्ययन गरी रहेका नै छौं र शिक्षकहरुले पढ़ाई नै रहेका छन । किन त ? भन्दा, विगत धेरै वर्षहरु देखि भइरहेको छ, त्यसैले ।

यसलाई छिट्टै (immediately) बदल्नु पर्ने आवश्यकता छ । यो गाह्रो काम होइन । यदि तपाईं त्यस्तो कुनै सम्बन्धित पद जस्तै शिक्षा बोर्डमा वा शिक्षा मन्त्रालयमा हुनुहुन्छ भने, विश्वास गर्नुहोस् यसलाई परिवर्तन/लागू गर्न गाह्रो छैन । शिक्षा बोर्डमा रहेका शीर्षस्थ व्यक्तिहरू संग निर्णय गर्न सक्ने अधिकार (decession making power) हुनु पर्छ ।

जे भएनि उहाँहरु बिद्वान भएर त त्यस्तो गरिमामय पदमा पुग्नु भएको छ । देशका भलाईको निर्णय लिनका लागि पनि यदि उहाँहरुले नेताहरुकै मुख हेर्नु पर्ने हो भने त्यस पदमा न बसे भैगो । एक छिन सोच्नुहोस त, देशकाे भलाईका लागि आवश्यक निर्णय लिएर तुरन्त परिवर्तन गर्ने हो भने हाम्रा बच्चाहरूको कति बोझ कम गर्न सकिन्छ ।

त्यस्ता केही विषयहरू अवश्य छन जुन पूर्ण रूपमा पाठ्यक्रमबाट हटाउन सकिन्छ । तर यदि कुनै कारणले त्यसो गर्न सकिदैन भने ती विषयहरुलाई वैकल्पिकमा त राख्न सकिन्छ नि ।

(६) यदि हामी पाठ्यक्रमबाट अवांछित विषयहरुलाई हटाउँछौं भने, अरु केही नया थप्ने ठाउँ पाऊँछौं । अब यी खाली पीरियडहरुमा के पढाउने त भन्ने कुरा आउँछ ? आज टेक्नोलजीको समय हो, यसलाई नज़रअंदाज़ गर्न सकिन्न । समयको माग अनुसार अगाड़ी बढ्नु पर्छ ।

एउटा विशेष पीरियड बच्चाहरुको समग्र विकास (overall development) का लागी छुटयाउने । विद्यालयमा एउटा प्रोजेक्टर हल अथवा कोठा बनाउने, त्यसमा एउटा प्रोजेक्टर लगाएर देश विदेशका समाचार, नयाँ नयाँ कुराहरु, सफल व्यक्तिहरूका भिडियोहरु देखाउने, सफल व्यक्तिहरूका कहानी सुनाउने, विकसित देशहरूका वृत्तचित्र, खेल संसारका सफल व्यक्तित्वहरुका बारेमा आदि आदि धेरै नया गर्न सकिन्छ ।

यो गाह्रो काम होइन । प्रोजेक्टर २०-२५ हजारको हाराहारीमा आइपुग्छ । प्रत्येक विद्यालयमा नि: शुल्क वाइफाइ इन्टरनेट जडान हुनुपर्दछ । विभिन्न स्कूलका विद्यार्थीहरूको वाद विवाद प्रतियोगिता इन्टरनेट को माध्यमबाट आयोजित गर्न सकिन्छ । यस्ता अनेकों अरु नयाँ प्रयोगहरु गर्न सकिन्छ ।

(७) एक समयावधि (period) हुनु पर्छ जसमा विद्यार्थीहरुलाई समस्याको समाधान (Problem solving) गर्ने अवसर दीईयोस । सबै विद्यार्थीहरूलाई सँगै मिलेर यो समाधान गर्न लगाईयोस । हरेक दिन एउटा नया बिषय दिएर विद्यार्थीहरु माँझ छोड़ दिनु पर्छ ।

र उनीहरुलाई यसमा पूर्ण स्वतन्त्रता दिईनु पर्छ । हेर्नुहोला, हाम्रो नयाँ पुस्ताले एक से एक नयाँ नयाँ पद्दति अथवा तरीका प्रयोग गरेर समस्याको समाधान पनि गरी हाल्ने छन् र कुनै न कुनै नयाँ विचार (idea) पनि दिन सक्छन् हामीहरुलाई ।

एक चोटी यस्तो गरेर र हेरौं..!

“तथ्यहरुको बारेमा पढ्नु र जान्नु भनेको शिक्षा होइन, तर कसरी सोच्ने र कस्तो सोच राख्ने ? भन्ने बारेमा दिमागलाई दीइने प्रशिक्षण हो शिक्षा”

“Education is not the learning of facts, but the training of the MIND to THINK” – Albert Einstein.

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda