भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित ४ भारतीय पक्राउ

नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित ४ भारतीय पक्राउ

बाँके – बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार जना भारतीय पक्राउ परेका छन् । जहाजमा काठमाण्डौ जाने तयारीमा रहेका भारतको मध्य प्रदेशका उनीहरूलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् । उनीहरूले सेकेन्ड ह्यान्ड मोबाइल बनाउन काठमाण्डौ जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाण्डौमा बेच्न लैजान लागेको शङ्का गरेको छ । उनीहरूलाई भन्सार पठाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक डाँगीले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.