भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

राउटे समुदायले लुम्बिनी सरकारसंग दशैँ खर्च मागे

राउटे समुदायले लुम्बिनी सरकारसंग दशैँ खर्च मागे

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिले भेटघाट गरेका छन् । राउटे मुखियाका प्रतिनिधि बिर्खेबहादुर शाहीको टोलीले मुख्यमन्त्रीसँग बिहीवार मुख्यमन्त्री कार्यालयमा आएका भेटघाट गरेको हो ।

मुख्यमन्त्री चौधरीले सरकार राउटे समुदायलाई सहयोग गर्न, दशैँ खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताए । भेटमा राउटे मुखियाका प्रतिनिधि शाहीले दशैँ खर्च दिन मुख्यमन्त्रीलाई आग्रह गरे ।

शाहीले आफूहरू अहिले दैलेखमा बसिरहेको र दशैँ खर्चका लागि दाङ आएको बताए । तीज खर्चकै लागि आएका हौँ, उनले भने तीज गइगो, अब दशैँ खर्च जुटाउनु परेको छ ।

 


Thali Mobile Pvt.Ltd.