भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

नेपालले केन्यासँग प्रतिष्पर्धा गर्ने

नेपालले केन्यासँग प्रतिष्पर्धा गर्ने

एजेन्सी । पाँच खेलको टी (२०) आई सिरिज खेल्न केन्याको राजधानी नैरोबी पुगेको नेपाली राष्ट्रिय टोलीले आज पहिलो खेल खेल्दैछ । नेपाली पौने चार बजेबाट शुरु हुने खेलमा नेपालले केन्यासँग प्रतिष्पर्धा गर्नेछ ।

विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले अनुभव बटुल्नका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । युवा र नयाँ खेलाडीले भरिएको टोलीलाई केन्या भ्रमण एक्स्पोजरको रुपमा पनि हेरिएको छ भने नवनियुक्त प्रशिक्षक मनोज प्रभाकारको पनि महत्वपुर्ण भुमिका हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकालेर सुखद् शुरुवातको योजनामा रहेका छन् । पाँच खेलको सिरिज अन्तर्गत दोस्रो टी–२० भोलि, तेस्रो आइतबार, चौथो सोमबार र पाँचौ तथा अन्तिम टी–२० मंगलबार हुने तालिका रहेको छ । टी–२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

 

 


Thali Mobile Pvt.Ltd.