भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

नेपाली सेनाका गुल्मपतिको शव १७ दिनपछि भेरी नदीमा फेला

नेपाली सेनाका गुल्मपतिको शव १७ दिनपछि भेरी नदीमा फेला

काठमाडौँ। डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव नदीमा फेला परेको छ । यही भदौ १० गतेदेखि बेपत्ता भएका नेपाली सेनाका गुल्मपतिको शव नदीमा फेला परेको हो ।

मेजर ध्रुव कार्कीको टोली परिवारसहित घटनास्थल पुगेपछि शव पहिचान भएको थियो । भदौ १० गते अपरान्ह साढे ४ बजे सुरक्षा गार्ड समेत नलगी उनी एक्लै इभिनिङ वाकका लागि ब्यारेकबाट निस्केका थिए। सम्पर्कविहीन भएको १७ दिनपछि उनको शव फेला परेको प्रहरीले जनाएको छ।

डोल्पाबाट ३० किलोमिटर दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा उनको शव फेला परेको हो।

 


Thali Mobile Pvt.Ltd.