कास्की । नेपाल बक्सिङ महासंघको कोषाध्यक्षमा भक्तपुरका गौतम सुजखु चयन हुनुभएको छ । बक्सिङ खेलाडी राष्ट्रको चिनारी भन्ने मूल नाराका साथ सुन्दर पर्यटकीय नगरी पोखरा लेक साईड १५ नं स्ट्रिट स्थित त्रिपुरा लाउन्ज एण्ड बारमा सम्पन्न नेपाल बक्सिङ संघको छैटौ साधारणसभा तथा अधिवेशनबाट नेपाल बक्सिङ महासंघको कोषाध्यक्षमा सुजखु सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका सहमहासचिव पिताम्बर तिमल्सिनाको उपस्थितिमा राम अवालेको अध्यक्षतामा बक्सिङ महासंघको नयाँ कार्यसमित चयन भएको महास.घले जनाएको छ ।
संघको नयाँ कार्यसमितिमा अध्यक्ष राम अवाले,वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर के.सी, उपाध्यक्षहरु भोजराज सिटौला, सविन भट्टचार्य, ओम नारायण श्रेष्ठ, राम बहादुर गिरी, महासचिव मान बहादुर भण्डारी, सचिव पुष्कर राज पन्त, कोषाध्यक्ष गौतम सुजखु,सदस्यहरु बम बहादुर स्याङताङ, सञ्जय पासवान,रेसम पुन,समरजंग बहादुर चन्द, रमेश अधिकारी, लक्ष्मण कार्की, रेखा थापा, गोविन्द डंगोल, दुर्गा गहतराज, गणेश भट्टराई, मिलन ध्वज राना रहेका छन् ।
