भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको रजत वर्षका उपलक्ष्यमा सुकुन्दा र्‍याली

श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको रजत वर्षका उपलक्ष्यमा सुकुन्दा र्‍याली

भक्तपुर । श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले रजत वर्षको अवसरमा सुकुन्दा र्‍याली सम्पन्न गरेको छ । २५ औं स्थापना दिवसको उपलक्ष्यमा सस्थाको प्राङ्गणबाट गपली, सूर्यविनायक चोक, बाराहीस्थान, इटाछें, टौमढीहुदै त्रिपुरा सुन्दरी पुगेर फर्किएको छ ।

सुकुन्दा र्‍यालीमा सस्थाका सदस्य, बचतकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । सस्थाको शुभारम्भ समारोहको उद्घाटन भने श्रावण ४ गते विहान ८ बजे नेमकिपाका अध्यक्ष बारायणमान विजुक्छेले गर्ने कार्यक्रम रहेको सस्थाका अध्यक्ष विश्वराम त्वायनाले बताए ।

उक्त कार्यक्रममा सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको सस्थाका निवर्तमान अध्यक्ष बलराम प्रजापतिले बताए । संस्थाको प्राङ्गणबाट ¥यालि निकालेर नगर परिक्रमा गरी अजिमा पाटी प्यालेस, बाराहीस्थानमा कार्यक्रम आयोजना गरिएको संयोजक कृष्ण भक्त बोडेले बताए ।

यस्तै स्थापना दिवसको अवसरमा ६८ वर्ष देखिमाथिका जेष्ठ सदस्यहरुलाई सम्मान गरिने सस्थाले जनाएको छ ।

तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.