भर्खरै : Sorry, your browser does not support inline SVG.

श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको रजत वर्षका उपलक्ष्यमा सुकुन्दा र्‍याली

श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको रजत वर्षका उपलक्ष्यमा सुकुन्दा र्‍याली

भक्तपुर । श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले रजत वर्षको अवसरमा सुकुन्दा र्‍याली सम्पन्न गरेको छ । २५ औं स्थापना दिवसको उपलक्ष्यमा सस्थाको प्राङ्गणबाट गपली, सूर्यविनायक चोक, बाराहीस्थान, इटाछें, टौमढीहुदै त्रिपुरा सुन्दरी पुगेर फर्किएको छ ।

सुकुन्दा र्‍यालीमा सस्थाका सदस्य, बचतकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । सस्थाको शुभारम्भ समारोहको उद्घाटन भने श्रावण ४ गते विहान ८ बजे नेमकिपाका अध्यक्ष बारायणमान विजुक्छेले गर्ने कार्यक्रम रहेको सस्थाका अध्यक्ष विश्वराम त्वायनाले बताए ।

उक्त कार्यक्रममा सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको सस्थाका निवर्तमान अध्यक्ष बलराम प्रजापतिले बताए । संस्थाको प्राङ्गणबाट ¥यालि निकालेर नगर परिक्रमा गरी अजिमा पाटी प्यालेस, बाराहीस्थानमा कार्यक्रम आयोजना गरिएको संयोजक कृष्ण भक्त बोडेले बताए ।

यस्तै स्थापना दिवसको अवसरमा ६८ वर्ष देखिमाथिका जेष्ठ सदस्यहरुलाई सम्मान गरिने सस्थाले जनाएको छ ।

तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.