भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पत्रकारसमेत विभेदको पीडामा

पत्रकारसमेत विभेदको पीडामा

काठमाडौं । कुनै पनि जाती समुदायलाई विभेद गर्न कानुनत निषेध छ । तर पनि जातीय विभेदका विभिन्न घटना अझै रोकिएका छैनन् ।छुवाछुत लगायत जातीय विभेदकै कारण थुप्रै अपराधिक घटनाहरु भइ नै रहेका छन् ।

सीमान्तकृत समुदायका क्षेत्रमा कलम चलाउँदै आएका लेखक साहित्यकार तथा पत्रकारहरुसमेत यो पीडा खेपिरहेका छन् । संविधानको मौलिक हक अन्तर्गत धारा १८ मा समानताको हक, धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक तथा धारा ४० मा दलितको हक उल्लेख छ ।

जाति, समुदायलाई विभेद गर्न नपाइनेदेखि समान हक र आरक्षणको ब्यवस्था गरिएको छ । तर राज्यकै महत्वपूर्ण निकायमासमेत संविधानले दिएको अधिकार ब्यवहारतः कार्यान्वयन नभएको गुनासो ब्याप्त छन् । राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा पछाडि पारिएका दलित समुदायका मुद्धाहरुकाबारेमा निरन्तर कमल चलाउँदै आएका लेखक साहित्यकारदेखि पत्रकारहरुसमेत अझै कुनै न कुनै रुपमा विभेदहरु कायमै रहेको बताउँछन् ।

सिमान्तकृत समुदायका मुद्दाहरु आमसञ्चार माध्यामहरुमा कम प्राथमिकतामा परेको यस क्षेत्रका अभियन्ता बताउँछन् । दलित समुदायका लेखक र पत्रकारहरु धेरै संख्यामा उत्पादन भए पनि अझै उल्लेखनीय प्रगति नभएको पूर्व सांसद एवम् जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले बताइन् । घटनाक्रम हेर्दा अझैपनि साहित्यकार तथा पत्रकारसमेतले कुनै न कुनै कुरामा विभेद खेपिरहेकाे उनकाे ठम्याइ छ ।

 


Thali Mobile Pvt.Ltd.