भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नक्कली शरणार्थी: कसरी भयो बालकृष्णको ७० लाख झ्वाम ?

नक्कली शरणार्थी: कसरी भयो बालकृष्णको ७० लाख झ्वाम ?

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा ठगी धन्दाको रहस्य बाहिर आउने क्रम चलिरहेको छ । रकम फिर्ता गर्न भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणले कांग्रेस नेता तथा पूर्व सांसद आङटावा शेर्पालाई एक करोड दिएको पाइएको छ ।

खाँणबाट लिएको एक करोड शेर्पाले बिचौलिया सानु भण्डारीका दाई राजु भण्डारीलाई ३० लाख दिएर ७० लाख आफैले राखेको अनुसन्धानबाट खुलेको छ ।

खाँणले ठगीबाट प्राप्त गरेको रकप फिर्ता गर्न खोज्दा शेर्पाबाट खाँण उल्टो ठगीमा परेको तथ्य खुलेको हो । ठगीमाथिको ठगी भन्दै व्यङ्ग गर्न थालिएको छ ।

शेर्पाले चैतको तेस्रो साता बिचौलिया सानु भण्डारीका दाइ राजुलाई ३० लाख फिर्ता गरेको देखिएको छ । त्यसको व्यक्तिगत भर्पाई नै प्रहरीले बरामद गरेको छ ।

शेर्पाले खाणका पिए नरेन्द्र केसीमार्फत एक करोड लिएको खुलेको छ । तर, सरकारी वकिलको कार्यालयमा भने इन्कारी बयान दिएको दाबी छ ।

अहिले यो प्रकरणमा प्रहरीले अनुसन्धान गहिरो गरी गरिरहेको छ । खाँण, शेर्पा र केसी अहिले प्रहरी हिरासतमै छन् ।

 


Thali Mobile Pvt.Ltd.