भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पत्रकारिता क्षेत्र सधैँ अफ्ठ्यारोमा : उपाध्यक्ष पोखरेल

पत्रकारिता क्षेत्र सधैँ अफ्ठ्यारोमा : उपाध्यक्ष पोखरेल

रासस । नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्र सधैँ अफ्ठ्यारोमा रहेको बताए । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको साधारणसभामा उहाँले कानूनले पत्रकारको सुरक्षा गर्न नसक्नु र श्रमको मूल्य प्राप्त गर्न नसक्नुले यस क्षेत्र सधैँ अफ्ठ्यारोमा रहेको बताए । पत्रकारको हकअधिकारका लागि कानून बने पनि कार्यान्वयनमा आउन नसक्नु दुःखद् रहेको उनले बताए । पत्रकारको हक अधिकारका लागि महासङ्घ सधैँ चनाखो भएर लाग्ने उनले बताए ।

साधारणसभाका क्रममा चितवनमा पत्रकारिता क्षेत्रमा क्रियाशील १३ पत्रकारलाई सम्मान गरिएको छ । मैयादेवी पत्रकारिता पुरस्कारबाट हरिप्रसाद पोखरेल र दीपेन्द्र बडुवाल, अनन्त गङ्गा पत्रकारिता पुरस्कारबाट रेशम बिरही र ईश्वर जोशी, श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट अनिता आर्याल र सविता दराई सम्मानित भए । यस्तै बालकुमारी विष्णुकुमारी अभ्यूदय पत्रकारिता पुरस्कारबाट सरिता महतो र सुजीता हमाल, औद्योगिक पत्रकारिता पुरस्कारबाट होमनाथ सापकोटा र प्रवीण बराल, स्व तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कारबाट अनिल ढकाल र नारायण सापकोटा, उत्तरध्वज सूर्यकुमारी पत्रकारिता पुरस्कारबाट सूर्य पाठक सम्मानित भए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस सङ्गठन नेपालका वागमती प्रदेश इन्चार्ज विश्वमणि सुवेदी, महासङ्घका केन्द्रीय सदस्य सिर्जना अर्याल, कृष्ण गिरी, पुरुषोत्तम सुवेदी, पुरस्कारदाताका तर्फबाट टङ्कनाथ पौडेल, सम्मानितका तर्फबाट रेशम बिरही, वाग्मती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल पत्रकार महासङ्घका वाग्मती प्रदेश अध्यक्ष प्रताप विष्ट, महासङ्घ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमिल्सिना, मकवानपुर जिल्ला अध्यक्ष हरि हुमागाईँलगायतले बाेलेका थिए । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न सभाले सचिव तीर्थ नेपालको प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाशमणि ज्ञवालीको आर्थिक प्रतिवेदनमाथि छलफल हुँदै सर्वसम्मत पारित गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.