शुभलाभ बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा जुम अनलाइन प्रविधि मार्फत सम्पन्न हो ।
कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एव संघीय प्रतिनिधि सभासद् प्रेम सुवालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि सुवालले सहकारी संस्थाहरुले सदस्यहरुको आर्थिक समानतका लागि उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुको साथै सीपमूलक तालिमहरु प्रदान गनुपर्ने आवश्यकता औल्याए । युवा वर्गलाई स्वदेशमै कल कारखानाहरु सञ्चालन गरी रोजगार प्रदान गर्न सकेमात्रै देशको आर्थिक उन्नति र प्रगति सम्भव भएको बताए ।
किसानहरुलाई सरकारले समयमै मल आयात गरी मल वितरण गर्न असफल भएको, ठेक्कापाट्टा र कमिशनको खेलमा अल्झिएर अन्न उत्पादनमा ह्रास आउनुमा सरकार दोषी रहेको बताए । यसरी देशले खरबौको घाटा ब्यहोरेको र देशका शासक दलहरु भु–माफियाहरुको चंगुलमा फसेकाले सधै नेपाली जनताहरुले दुःख पाएको बताए ।
सहकारीको साधारण सभामा सञ्चालन समितिको तर्फबाट प्रस्तुत प्रतिवदेन अनुसार कूल वासलात ७ करोड ४२ लाख ५२ हजार १ सय ३ रुपैया रहेकोमा जसमध्ये शेयर पूँजी ८४ लाख ७० हजार ४ सय रुपैया र जगेडा कोष ८१ लाख २२ हजार ४ सय ८४ रुपैया रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सो सभामा संस्थाको भावी नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
