भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

पूर्व यूवराज पारसबाहेक पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सबै सदस्यहरु भारत भ्रमण जाने

पूर्व यूवराज पारसबाहेक पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सबै सदस्यहरु भारत भ्रमण जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारत भ्रमणमा जाँदै छन् । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार १० दिने भारत भ्रमणमा जाँन लागेका हुन । पछिल्लो दुई महिनाको अवधिमा ज्ञानेन्द्रको यो दोस्रो भारत भ्रमण हो । डेढ महिना अघि मात्रै उनी पूर्वी नेपाल हुँदै दार्जिलिङ भ्रमणमा गएका थिए । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजा शाह भारत जाने भएका हुन ।

उनका सुरक्षाकर्मीहरु भने नेपालगञ्जमै रहने छन् । शाह परिवारको सुरक्षाको जिम्मा उत्तर प्रदेश सरकारले लिएको जनाइएको छ । यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार नेपालगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सरिक भएका थिए । नेपालगञ्जको रामलिला मैदानमा बुधबार भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले जनताको जीवनस्तर सुधार हुन नसकेको र मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन सबैमा आह्वान गरेका थिए ।

पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताए । यसपटक नेपालगञ्जबाट स्थलमार्ग हुँदै लखनउ जान लागेका पूर्व राजाको साथमा पूर्व यूवराज पारसबाहेक परिवारका सबै सदस्यहरु भारत जाने बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.