भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा दुई सय बीस गैँडाको मृत्यु

आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा दुई सय बीस गैँडाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी बिगत आठ वर्षमा २ सय २० गैँडा मरेका छन् । निकुञ्जमा ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् । आर्थिक वर्ष २०७२ र ७३ देखि हालसम्ममा २ सय २० गैँडा मरेका हुन । विगत आठ वर्षमा एक सय भाले र ७६ पोथी गैँडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ गैँडा मरेका छन् ।

बाघको आक्रमणबाट २०, चोरी शिकारीबाट नौ, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परी तीन, विष सेवनले पाँच तथा कारण नखुलेका २९ गैँडा रहेको मरेका छन् । आर्थिक वर्ष २०७२ र ७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैँडा आव २०७५ र ७६ मा मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । उक्त आवमा ४३ गैँडा मरेका थिए । सबैभन्दा कम आव २०७२ र ७३ मा १४ गैँडा मरेको निकुञ्जले जनाएको छ ।

आव २०६५ र ६६ देखि आव २०७९ र ८० सम्म ३ सय २३ गैँडा मरेका छन् । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाँदा आपसमा जुधेर र बूढो भएर मर्नेको सङ्ख्या धेरै रहेको निकुञ्जले जनाएको छ । आव २०७३ र ७४ मा २५, आव २०७४ र ७५ मा २६, आव २०७६ र ७७ मा २६, आव २०७७ र ७८ मा ३३ र आव २०७८ र ७९ मा ३७ गैँडा मरेका छन् । चालु आवको हालसम्म १६ गैँडा मृतावस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.