भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

प्रचण्ड–ओली दुबैको ‘प्रस्ताव’माथि आजबाट छलफल

प्रचण्ड–ओली दुबैको ‘प्रस्ताव’माथि आजबाट छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि छलफल प्रारम्भ भएको छ ।

बालुवाटारमा मंगलबार बसेको बैठकमा दुबै प्रस्तावमाथि छलफल प्रारम्भ भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । भने ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको ५३ बुँदे प्रतिवेदन पेश गरेका छन् ।

मंगलबारको सचिवालय बैठकमा दुवै प्रतिवेदनमाथि छलफल सुरु भएको हो । औपचारिक र अनौपचारिक दुबै खाले छलफललाई निरन्तरता दिएको जनाइएको छ ।

नेतापिच्छेका समूहले गतिविधि पनि प्रभावित
संघीय सरकार र ६ वटा प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपाभित्रको विवादले प्रदेश–२ मा पार्टी गतिविधि पनि प्रभावित बनेको छ । एकै पार्टीका कार्यकर्ताबीच झडपदेखि आफ्नै दलका नेतालाई कालोझन्डा देखाउनेसम्म गतिविधि प्रदेश–२ मा हुँदै आएका छन् । ६ कात्तिकमा शपथग्रहण कार्यक्रममा पार्टीका दुई पक्षबीच झडप हुदा मुकेश चौरसियाको मृत्यु भयो ।

नेकपा अध्यक्ष ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल एवं अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसमूहबीच झडप भएको थियो । यस्तै, ८ मंसिरमा धनुषा मिथिला नगरपालिकास्थित तुलसी पुगेका नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठलाई आफ्नै पार्टी कार्यकर्ताले कालोझन्डा देखाए ।

एकअर्काको विरोधमा उत्रिने प्रवृत्ति बढ्दै जाँदा प्रदेश र जिल्ला तहमा एउटा समूह आयोजक रहेका कार्यक्रममा अर्को समूहका नेता कार्यकर्ता उपस्थित नै नहुने परिपाटी बढेको छ । नदीको मुहान नै फोहोर भएपछि त्यसको प्रभाव तलसम्म देखापर्नु स्वाभाविकै हो भनेर भन्न थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.