काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पाँच घण्टा लामो शल्यक्रिया सफल भएको हो । बिहान १० बजेदेखि शल्यक्रिया सुरु भएको थियो।
प्रत्यारोपण गरिएको मिर्गौलाबाट पिसाव पास भएको चिकित्सकले बताएका छन् । ओलीलाई मिर्गौला दिएकी भान्जी नाताकी समीक्षा संग्रौलाको पनि स्वास्थ्य सामान्य रहेको छ।
मिर्गौला प्रत्यारोपण शल्यक्रिया टोलीमा डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल, डा. उत्तम शर्मा, र डा. मनीष प्रधान तथा भारतीय डा. अनन्त कुमार रहेको अस्पताल स्रोतले बताएको छ ।
