काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पाँच घण्टा लामो शल्यक्रिया सफल भएको हो । बिहान १० बजेदेखि शल्यक्रिया सुरु भएको थियो।
प्रत्यारोपण गरिएको मिर्गौलाबाट पिसाव पास भएको चिकित्सकले बताएका छन् । ओलीलाई मिर्गौला दिएकी भान्जी नाताकी समीक्षा संग्रौलाको पनि स्वास्थ्य सामान्य रहेको छ।
मिर्गौला प्रत्यारोपण शल्यक्रिया टोलीमा डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल, डा. उत्तम शर्मा, र डा. मनीष प्रधान तथा भारतीय डा. अनन्त कुमार रहेको अस्पताल स्रोतले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...