भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोटमा

प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोटमा

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका छन् । बुधबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन् ।

ओली र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिन रेशम चौधरीमाथि दबाब दिन छलफल बढाएको सचिवालयले जनाएको छ । एमाले अध्यक्ष ओलीले यसअघि माघ महिनाभित्रै रेशम चौधरीको रिहाइ गर्ने प्रतिवद्धता जनाएका थिए ।

सुदूरपश्चिम सरकार बन्ने बेला र सभामुख निर्वाचनका बेलासमेत ओलीले एक महिनाभित्र रिहाइ गर्ने बताएका थिए । तर ओलीले दिएको समयसीमामा रिहाइ नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीका नेताहरू संशकित बन्दै विश्वासको मत नदिने अभिव्यक्ति दिएका छन् ।

बालकोटमा पुस १० मा दाहाल प्रधानमन्त्री हुने र राष्ट्रपति एमालेले लिने मुख्य सहमित भएको दुवै पार्टीका नेता स्वीकार गर्छन् । सभामुख आधा–आधा कार्यकाल लिने सहमति भएको थियो।

जस अनुरूप एमालेबाट देवराज घिमिरे सभामुख भएका छन्। प्रधानमन्त्री र सभामुखमा सम्झौताअनुसार परिणाम पनि आइसकेका छन्। तर, अब राष्ट्रपतिका विषयमा भएको सम्झौता के हुन्छ भन्ने चर्चाको विषय बनेको छ।

 


Thali Mobile Pvt.Ltd.