काठमाडौंमा जीप र मोटरसाइकल ठोक्किदाँ भक्तपुरका एकजनाको मृत्यु

काठमाडौंमा जीप र मोटरसाइकल ठोक्किदाँ भक्तपुरका एकजनाको मृत्यु

भक्तपुर । काठमाडौं तीनकुनेमा आज बिहान कुखुरा बोक्ने जीप र मोटरसाइकल ठोक्किदाँ एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर सुर्यविनायक नगरपालिकाका २३ वर्षीय नोजन राई रहेका छन् ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा तीन बजे मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडी सवार सुर्यविनायक नगरपालिका–२, बालकोटका २३ वर्षीय चन्द्र सिलवालको उपचार भइरहेको छ ।

बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.