भर्खरै : Sorry, your browser does not support inline SVG.

प्रबल जनसेवा श्री पदकबाट आठबीस नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत शाही विभूषित

प्रबल जनसेवा श्री पदकबाट आठबीस नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत शाही विभूषित

काठमाडौं । नेपाल सरकारले प्रदान गर्ने विभूषण (मानपदवी, अलंकार र पदक) मध्ये प्रबल जनसेवा श्री पदकबाट आठबीस नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाही विभूषित भएका छन् ।

नगरपालिकाको सेवा प्रवाह र सामाजिक क्षेत्रको विकासमा खेलेको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरुप शाहीलाई विभूषित गरिएको हो ।

सरकारले २०७९ असोज ३ गते संविधान दिवसको अवसरमा घोषित विभूषणहरुमध्ये मानपदवी (नेपाल रत्न, राष्ट्र गौरव, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रवल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री कीर्तिमय राष्ट्रदीप,

राष्ट्रदीप, प्रवल जनसेवाश्री र जनसेवाश्री) प्राप्त गर्ने महानुभावहरुलाई २०८० वैशाख १ गते बिहान ११ः०० बजेदेखि राष्ट्रपति कार्यालय महाराजगञ्जमा विभूषित गरेको हो ।

समारोहमा ३ नं. पोशाक सहित उपस्थित भएकाहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलद्धारा विभूषित गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.