भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

३२ लाख लुट्ने चार जना ठग ठाउँको ठाउँ पक्राउ

३२ लाख लुट्ने चार जना ठग ठाउँको ठाउँ पक्राउ

काठमाडौँ । लुटपाट गरी भाग्ने चार जना पक्राउ परेका छन् । झापाको बिर्तामोडबाट लुटपाट गरेर भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

बिर्तामोड बसपार्क नजिकै दुई कट्टा जग्गा किन्नका लागि मोरङको उर्लाबारीबाट आएका विष्णुमाया सापकोटा र अनिल विश्वकर्माको ३२ लाख रुपैयाँ लुटेर जग्गा कारोबारी फरार भएका थिए ।

सस्तोमा जग्गा पाइएको छ आजै बैना गर्न आउनुस भनेर उनीहरूलाई बोलाई ३२ लाख रुपैयाँ चार जना इलाम भागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।

जग्गा बैना गर्ने नाममा रकम लुटपाट गर्ने झापाको कमल गाउँपालिका ५ का विजय राई, बेलबारी नगरपालिका ६ घर भई झापाको मेचीनगर नगरपालिका ६ बस्ने ५५ वर्षीय रणबहादुर पोख्रेल, काठमाडौँका राजेश श्रेष्ठ र जनक रेग्मी रहेका छन् ।

चार जनाले पूर्वनिर्धारित योजनाअनुसार जग्गा खरिदकर्ता विष्णुमायाको ३२ लाख लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.