भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

प्रमाणण पत्र प्राप्त व्यक्ति मात्र नेकपाकाे सदस्य बन्न पाउने

प्रमाणण पत्र प्राप्त व्यक्ति मात्र नेकपाकाे सदस्य बन्न पाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सदस्य बन्न पार्टी स्कूल पास गरेको प्रमाणपत्र अनिवार्य गर्ने तयारी गरेको छ । नेकपा स्कूल विभागले केन्द्रीय सचिवालयमा पेश गरेको कार्ययोजनामा तल्लो तहसम्म स्कूल सञ्चालन गर्ने र त्यहाँ उतीर्ण हुनेलाई प्रमाणपत्र दिने सहितकाे व्यवस्था गरिएको छ ।

सचिवालयबाट कार्ययोजना र विभागलाई पूर्णता दिने म्याण्डेट प्राप्त भएपछि देशब्यापी रुपमा नेकपाले स्कूल सञ्चालन गर्ने र  स्कूल स्थानीय तहसम्म सञ्चालन गरिने नेकपाले जनाएकाे छ । विभागले पहिलो चरणमा पाठ्यक्रम बनाएर पाठ्यक्रममा पार्टीको मार्गदर्शक सिद्धान्त, माक्र्संवाद, लेनिनवाद, पार्टीको तत्कालिन कार्यक्रम जनताको जनवाद, पार्टीले लिएको वैज्ञानिक समाजवाद र नेकपा सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको विषय समेटिने स्कुल विभागले जनाएकाे छ।

 


Thali Mobile Pvt.Ltd.