२३ असार २०७७ काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको हो । अब २०७९ साल वैशाख २४ गतेसम्म प्रहरी संगठनको नेतृत्व उनले सम्हाल्ने भएका छन् ।
शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले भोलि असार २४ मा अनिवार्य अवकास पाउंदैछन् । महानिरीक्षकको लागी एआईजीद्धय शैलेश थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले वरियताको एक नम्बरमा रहेका थापालाईनै आईजीपी बनाउने निर्णय गरेको हो।
व्यवसायीक कार्यक्षमतामा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतका रुपमा परिचित उनको यही छबिका कारण सरकारको नजरमा पुगेका हुन । धेरै आइजीपीसँग काम गरेको अनुभव बटुलेका थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा पनि काम गरिसकेका छन् । अहिलेका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि सकिएपछि बुधबार अवकाश पाउँदैछन् भने क्षेत्रीले बिहीबारदेखि संगठन सम्हाल्ने छन् ।
