काठमाडौं । प्रेस काउन्सिल जस्तो साझा संस्था आमुख पार्टीको झोले संगठन भएको भन्दै प्रेस सेन्टरले कार्यक्रम बहिष्कार गरेको छ ।
काउन्सिलका गतिविधि, रबैया, पुरस्कार छनौट र नाम सार्वजनिकमा मनोमानी गरेको ठहर सेन्टरको छ ।
एकाध योग्य पात्र बाहेक सबै आसेपासे, भजनमण्डली र पत्रु पत्रकारहरूलाई पुरस्कृत गर्ने प्रेस काउन्सिल संस्था र त्यसको नेतृत्व अब साझा र सम्मानित संस्था नभएको बुझाई प्रेस सेन्टरले गरेको छ ।
तसर्थ आजको वार्षिकोत्सव कार्यक्रममा प्रेस सेन्टर सहभागी नहुने सेन्टरका महासचिव सन्तोष पौडेलले बताए ।
महासचिवकाे विज्ञप्ती जस्ताकाे तस्तै
प्रेस काउन्सिल जस्तो साझा संस्थाकाे गतिविधि, रबैया, पुरस्कार छनाैट र नाम सार्वजनिक गरेको हेर्दा एउटा अमुक पार्टीको झाेले संगठन भन्दा माथि देखिएन । एकाध याेग्य पात्र बाहेक सबै आसेपासे, भजनमण्डली र पत्रु पत्रकारहरूलाई पुरस्कृत गर्ने प्रेस काउन्सिल संस्था र त्यसकाे नेतृत्व अब साझा र सम्मानित संस्था बनेन । तसर्थ आजकाे वार्षिकोत्सव कार्यक्रममा प्रेस सेन्टर सहभागी नहुने जानकारी गराइन्छ । – महासचिव
